default_image

5 months ago

February 24, 2024

पाँच पोखरी क्रिकेटमा ह्योल्मो र आयोजकको जित

363 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको छैटौँ संस्करण काठमाण्डौको मुलपानीमा शनिबार सुरु भएको छ ।

पहिलो खेलमा साविक विजेता ह्योल्मो ११ ले चौतारा साँगाचोकगढी नगरपालिकालाई १ सय २७ रनको विशाल रनले हरायो ।ह्योल्मो ११ का लागि खेलको म्यान अफ दी म्याच विनोद तामाङले ७२ रनको अर्धशतकीय पारी खेलेका थिए ।

दोश्रो खेलमा पाँचपोखरी क्रिकेट क्लबले इन्द्रावती गाउँपालिकालाई ४ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको इन्द्रावतीले निर्धारित ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो । पाँचपोखरीका लागि विजयकुमार धितालले ४ ओभरमा ११ रन खर्चिएर ३ विकेट लिएका थिए ।

जवाफी व्याटिङ गरेको पाँचपोखरीले १८.२ ओभरमा ६ विकेट गमाएर ९७ रन बनाएको थियो । इन्द्रावतीका लागि शुसन चौलागाई र एकनाथ नेपालले समान २ विकेट लिए । खेलको म्यान अफ दि म्याच पाँचपोखरीका विवेक रानामगर भए ।

त्यसअघि पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले प्रतियोगिताको उद्घाटन गरे । मैत्रिपुर्ण उद्घाटन खेलमा जनप्रतिनिधिको टोली विजयी भएको थियो । जनप्रतिनिधि टोलीले कर्मचारी टोलीलाई ४ रनले पराजित गरेको थियो ।

प्रतियोगित फागुन १९ गते सम्म चल्ने प्रतियोगिताको विजेताले १ लाख र दोस्रो टोली ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

Success

Thank you for your time.