default_image

5 months ago

February 25, 2024

नेपालको औसत सुरुवात

839 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स विरुद्ध जारी अन्तिम खेलमा नेपालले औसत सुरुवात गरेको छ ।

नेपालले १३ ओभरमा ३ विकेट गुमाएर ५४ रन जोडेको छ । क्रिजमा कुशल भुर्तेल २५ रन जोडेर खेलिरेहका छन् । राम्रो सुरुवात पाएको नेपालले ५ ओभरको अन्तरमा ओपनर आसिफ शेख, अनिल शाह र कुशल मल्लको साथ गुमाएको हो ।

नवौं ओभरको तेस्रो बलमा आसिफ १७ रन जोड्दै आउट भएका थिए । पहिलो विकेटका लागि ४२ रन जोडेपछि भिभिएन किंग्माको बलमा उनी मिड विकेटमा बास डे लिडको हातबाट समातिए । ११ औं ओभरमा किंग्माले नै अनिल शाहलाई बोल्ड गरे । ११ बलमा १ छक्का प्रहार गरेका उनी ७ रन जोड्दै प्लेड अन भए ।

१३ औं ओभरको अन्तिम बलमा आर्यन दत्तले कुशल मललाई एलबीडब्लु धरापमा पारे । उनले ९ बलमा २ रन जोडे ।

नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएसँगै नेपालले पहिलो ब्याटिङ गर्ने भएको हो । आज नेपाली टोलीमा दुई परिवर्तन छ । देव खनाल र सोमपाल कामीले विश्राम पाउँदा गुलशन झा र आरिफ शेख टोलीमा आएका छन् ।

नेदरल्यान्ड्सले पनि टोलीमा एक परिवर्तन गरेको छ । शारिज अहमदको स्थानमा विक्रमजित सिंह टोलीमा आएका छन् । उनको लागि यो सिरिजको पहिलो खेल हो ।

नेपालको प्लेइङ ११:

कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, रोहितकुमार पौडेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, करण केसी, ललित नारायण राजवंशी

नेदरल्यान्ड्स प्लेइङ ११:

माइकल लेभिट, म्याक्स ओ डाउड, साइब्रान्ड एंगलब्रेक्ट, विक्रमजित सिंह, बास डे लिड, तेजा निदामनुरु, नोआ क्रोस, स्कट एडवार्ड्स, रोलफ भान डर मर्व, आर्यन दत्त, भिभिएन किंग्मा

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

Success

Thank you for your time.