default_image

2 years ago

February 28, 2024

पाँचपोखरी हिमालयन र मेलम्चीको जित

258 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी हिमालयन क्रिकेट क्लब र मेलम्ची नगरपालिकाले पाँचपोखरी जिल्ला स्तरीय टि२० क्रिकेट प्रतियोगितामा जित दर्ता गरेका छन् ।

प्रतियोगिताको पाँचौ दिन बुधबार पाँचपोखरी हिमालयन क्रिकेट क्लबले ह्योल्मो-११ लाई ८ विकेटले पराजित गर्यो । कर्मा तामाङको घातक बलिङ तथा पासाङ तामाङको अर्धशतक र पेम्बा तामाङको उत्कृष्ट इनिङमा हिमालयनले जित निकालेको हो ।

प्लेयर अफ द म्याच कर्माले ५ विकेट लिएपछि ह्योल्मो १८.३ ओभरमा मात्र १ सय २२ रन जोड्दै अलआउट भएको थियो । ह्योल्मोले आठौं ओभरमा पहिलो विकेट गुमाएपनि मध्यक्रम नचल्दा हार बेहोर्यो । ओपनर विनोद तामाङले ४३ र विवेक तामाङले ३४ रन जोड्नुबाहेक अन्य ब्याटरले खासै योगदान दिन सकेनन् ।

जवाफमा पासाङले ४४ बलमा ८ चौकासहित नटआउट ५१ रन जोड्दै टोलीलाई जितसम्म पुर्याए । पेम्बा तामाङले ४४ बलमा १ चौका र ३ छक्कासहित ४४ रन बनाए ।

अर्को खेलमा रिन्जिन लामाको अलराउन्ड प्रदर्शनमा मेलम्चीले माइटि साँगाचोकमाथि ५ विकेटको जित निकाल्यो । रिन्जिनले कसिलो बलिङ्ग गर्दै ३ विकेट लिएपछि साँगाचोक १९ ओभरमा ९९ रन जोड्दै अलआउट भयो ।

जवाफमा रिन्जिनले नै ३१ बलमा ६ चौकासहित ४४ रन जोड्दै टोलीलाई बलियो सुरुवात दिलाए । विनोद तामाङले १२ बलमा २० रन जोड्दै टोलीलाई १३ ओभरमै जितसम्म पुर्याए ।

प्रतियोगिता अन्तर्गत अब विहीबार हेलम्बु-११ र भोटेचौर स्पोर्ट्स क्लब तथा पाँचपोखरी र मेलम्ची नगरपालिकाबीच खेल हुनेछ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.