default_image

2 years ago

February 29, 2024

पाँचपोखरी र ह्योल्मो-११ समूह विजेता बन्दै सेमिफाइनलमा

497 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी क्रिकेट क्लब र ह्योल्मो-११ ले पाँचपोखरी जिल्लास्तरीय टि२० क्रिकेट प्रतियोगितामा जित दर्ता गरेका छन् । यस जितसँगै दुवै विजयी टोली समूह विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गर्न सफल भए ।

मुलपानी क्रिकेट मैदानमा विजय धितालको उत्कृष्ट प्रदर्शनमा पाँचपोखरीले मेलम्ची नगरपालिकालाई ३ विकेटले हरायो । पहिलो ब्याटिङ गरेको मेलम्ची १७.१ ओभरमा मात्र ९६ रनमा अलआउट भएको थियो ।

ओपनर रिन्जिन लामाले २५ रन र सोनु देवकोटाले २६ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । प्लेयर अफ द म्याच चुनिएका विजय धितालले ३.१ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । मनोज खड्काले ३ र सार्थक धितालले २ विकेट लिएका थिए ।

जवाफमा पाँचपोखरीले १९.२ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । ओपनर सार्थक धितालले २०, लाक्पा लामाले २४ र विजय धितालले १४ रन जोडे । रिन्जिन लमा र रामकृष्ण दुलालले २-२ विकेट बाँडे ।

यस नतिजाले पाँचपोखरी समूह बी विजेता तथा मेलम्ची समूह उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाउन सफल भयो ।

अर्को खेलमा ह्योल्मो-११ ले भोटेचौर स्पोर्ट्स क्लबमाथि ९ विकेटको जित निकाल्दै समूह विजेता बन्यो । नाम्गिल शेर्पाको उत्कृष्ट ब्याटिङमा ह्योल्मोले १ सय २० रनको लक्ष्य १७ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो । प्लेयर अफ द म्याच नाम्गिलले ५६ बलमा ८ चौका र १ छक्कासहित नटआउट ६६ रन जोडे । विनोद तामाङले ३८ बलमा ७ चौकासहित ४३ रन बनाए ।

त्यसअघि पहिलो इनिङमा भोटेचौरले ९ विकेट गुमाएर १ सय १९ रन जोडेको थियो । ओपनर दुर्गेश थापाले ४२ रन जोडेपनि अन्य ब्याटर बाट राम्रो साथ पाएनन् । ह्योल्मोका फुर्पा शेर्पा, राहुल लामा र दावा सोनाम शेर्पाले २-२ विकेट लिए ।

ह्योल्मो-११ समूह विजेता बन्दा पाँचपोखरी हिमालयन क्रिकेट क्लब उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ ।

शुक्रबार हुने पहिलो सेमिफाइनलमा ९ बजे ह्योल्मो-११ र मेलम्ची नगरपालिका खेल्नेछन् । दोस्रो सेमिफाइनल पाँचपोखरी क्रिकेट क्लब र पाँचपोखरी हिमालयन क्रिकेट क्लबबीच दिउँसो १ बजे हुनेछ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.