default_image

7 months ago

March 9, 2024

बाबरको शतकमा नेपाललाई विशाल लक्ष्य

3424 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अनुभवी ब्याटर बाबर हायातको विष्फोटक शतकमा हङकङले फ्रेन्डसिप कपमा नेपाललाई २ सय १३ रनको विशाल लक्ष्य दिएको छ ।

कमजोर सुरुवात पाएको हङकङले बाबरको आक्रामक ब्याटिङ सँगै २० ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन जोड्यो । अन्तिम ओभरमा आउट हुनुअघि बाबरले ४९ बलमा १ सय १० रन जोडे । उनले ३ चौका र १३ छक्का प्रहार गरे ।

९ ओभरको समाप्तिमा ६१-२ को स्थितिमा रहेको हङकङले त्यसपछि आक्रामक ब्याटिङगर्दै विशाल लक्ष्य प्रस्तुत गर्यो ।

बाबर डेब्यु गरिरहेका आकाश चन्दको बलमा कप्तान रोहित पौडेलको हातबाट क्याच आउट भए । आकाशले त्यसअघि आफ्नो पहिलो ओभरमै विकेट हात पारेका थिए । उनले पाँचौ ओभरको पाँचौ बलमा सेट ब्याटर मार्टिन कोट्जीको विकेट लिए ।

आकाशको बलमा लामो सट खेल्ने धुनमा मार्टिन प्रतिश जिसीको हातबाट समातिए । उनले २१ बलमा ५ चौका र १ छक्कासहित ३१ रन जोडे । आकाशले पहिलो ओभरमा ५ रन खर्चेर १ विकेट लिएका थिए ।

त्यसअघि नेपाललाई आरिफ शेखले पहिलो सफलता दिलाए । इनिङको सुरुवात गरेका आरिफले तेस्रो ओभरको दोस्रो बलमा निजाकत खानलाई सन्दीप जोराबाट क्याच गराएका थिए । निजाकतले खाता खोल्न सकेनन् ।

त्यसपछि बाबर र अंशुमन रथले ७६ रनको साझेदारी गरे । अंशुमन ३२ बलमा ३ चौका र २ छक्कासहित ३९ रनमा प्रतिश जिसीको शिकार बने । अर्को ओभरमा जेमी एटकिन्सन राशीद खानको बलमा एलबीडब्लु भए ।

त्यसपछि एजाज खानले अधिकांश समय बाबरलाई स्ट्राइक दिएर ९५ रनको साझेदारी गरे । उनी ११ बलमा २ चौका र १ छक्कासहित २१ रनमा नटआउट रहे ।

नेपालका लागि आकाश चन्दले ३ तथा आरिफ, प्रतिश र राशीदले १-१ विकेट लिए ।

नेपालले आज आकाशको डेब्युसँगै तीव्र गतिका बलर राशीद खान, स्पिनर सागर ढकाल र विकेत्किपर विनोद भण्डारीलाई खेलाएको छ । आकाशलाई करण केसीले डेब्यु क्याप प्रदान गरेका थिए । आकाशले यसअघि क्यानडाविरुद्ध सिरिजमा एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए ।

नेपालको प्लेइङ-११ : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विवेक यादव, आरिफ शेख, सन्दीप जोरा, गुलशन झा, विनोद भण्डारी, प्रतिश जिसी, राशीद खान, आकाश चन्द, सागर ढकाल

October 15, 2024

एनपिएल गराउनु कानुनविपरीत भएको अख्तरको दाबी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) सुरु हुन अब डेढ महिना बाँकी छ। मंसिर १६ गते सुरु हुने एनपिएलका लागि ८ टोलीको घोषणा, मार्की खेलाडी र नेपाली खेलाडीको अक्सन सकिसकेको छ । कतिपय टोलीले प्रशिक्षक नियुक्त गरिसकेका छन्। यस्तोमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी आमिर अख्तरले नेपाल प्रिमियर […]

October 15, 2024

कमरानको शतक सहयोगमा पाकिस्तानको मध्यम सुरुवात

एजेन्सी – कमरान गुलामले टेस्ट डेब्यु खेलमा नै शतक प्रहार गरेपछि पाकिस्तानले इङ्ग्ल्यान्डविरुद्धको दोस्रो टेस्टमा मध्यम सुरुवात गरेको छ । तीन खेलको टेस्ट सिरिजका लागि इङ्ग्ल्यान्डको टोली पाकिस्तान भ्रमणमा छ । पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा पाकिस्तानले ५ विकेट गुमाएर २ सय ५९ रन जोडेको हो […]

October 15, 2024

जनकपुरको मुख्य प्रशिक्षकमा पुबुदु नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले पुबुदु दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । जनकपुरले मंगलवार सामाजिक संजाल मार्फत पुबुदुलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको जानकारी गराएको हो । पुबुदु नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक हुन् । पुबुदुको प्रशिक्षणमा नेपाली टोली पहिलो पटक सन् २०१४ मा विश्वकपमा सहभागी भएको […]

Success

Thank you for your time.