default_image

2 years ago

March 11, 2024

एक्स्ट्राटेक लिजेन्ड कप टि–१० क्रिकेट आज

1664 views

0 Bookmark

सुमन अधिकारी, बुटवल

नेपालले पहिलो पटक अन्तराष्ट्रिय क्रिकेटमा प्रवेश गरेको टोलीका सदस्यहरुलाई रुपन्देहीमा सम्मान गरिएको छ । सन् १९९६ मा मलेसियामा पहिलो एसीसी ट्रफीमार्फत अन्तराष्ट्रिय क्रिकेटमा प्रवेश गरेको नेपालका एक दर्जन बढी पूर्वक्रिकेटरहरुलाई रुपन्देहीमा सम्मान गरिएको हो ।

रुपन्देहीको तिलोत्तमामा बन्दै गरेको एक्स्ट्राटेक ओभल अन्तराष्ट्रिय क्रिकेट रंगशालाको उद्घाटनको पूर्व सन्ध्यामा आयोजित क्रिकेट अनुभव आदानप्रदान कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । त्यस अवसरमा पहिलो महिला अन्तर्राष्टिय टोलीका ४ जना खेलाडीहरुलाई पनि सम्मान गरिएको थियो ।

एक्स्ट्राटेक ओभल एकेडेमीको आयोजनामा भएको विशेष कार्यक्रममा १९९६ मा एसिसि खेल खेल्ने नेपालको पहिलो क्रिकेट टिमका १३ जना पुरुष र सन २००७ का मलेसियामै भएको एसीसी कप प्रतियोगिता खेलेका महिला क्रिकेट खेलाडीहरु ममता थापा, नितु थापा, मिरा राजोपाध्याय, सीता रानामगरलाई सम्मान गरिएको हो ।

कार्यक्रममा पहिलो १९९६ मा मलेसियामा भएको पहिलो एसिसि ट्रफिमा खेल्ने टिमका खेलाडीहरु लेख बहादुर क्षेत्री, जगत टमाटा, सन्जय गुरुङ, पुकार पन्त, किरण राणा, रितेश बराल, प्रशान्त शाही ठकुरी, पुर्व कप्तान पवन अग्रवाल, बिशाल गुप्ता, राजु खड्का, मुसरफ इजहार, मनिषराज पाण्डे, कोच सरोज भट्टराई, अरुण अर्याल, किरण रानालाई सम्मान गरिएको थियो । सो टिममा कप्तान उत्तम कर्माचार्य देशबाहिर छन् । तत्कालिन विकेट किपर गणेश शाहीको निधन भइसकेको छ ।

खेलाडीहरुलाई तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाड, प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, एक्स्ट्राटेक ओभल अन्तराष्ट्रिय क्रिकेट रंगशालाका निर्माता तथा एकेडेमीका डाइरेक्टर विनोद कुँवर, नेपाल क्रिकेट संघ क्यान (क्यान) का सचिव तथा पुर्व राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले उनिहरुलाई सम्मान गरेका थिए ।

सोहि अवसरमा पूर्व खेलाडीहरुको स्मरण कार्यक्रम पनि राखिएको थियो । जसमा टि २० विश्वकप २०१४ मा सहभागी टोलीका कप्तान पारस खड्का, सन् १९९६ मा मलेसियामा पहिलो एसीसी ट्रफीमा सहभागी टिमका सदस्य एलबी क्षेत्री तथा सन २००७ का मलेसियामै भएको एसीसी कप प्रतियोगिता खेलेको महिला क्रिकेट टोलीका सदस्य ममता थापाले आफ्ना अनुभूतिहरु र क्रिकेट खेलका बारेमा आफ्ना अनुभवहरु राखेका थिए ।

एक्स्ट्राटेक लिजेन्ड कप टी–१० प्रतियोगिता
तिलोत्तमा नगरपालिका–१७ पूर्व दरखसवामा निर्मित एक्स्ट्राटेक ओभल मैदानको उद्घाटन स्वरुप सोमबार तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप टि–१० प्रतियोगिता आयोजना हुदैछ । प्रतियोगिताको लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

एकदिने प्रतियोगितामा लिजेन्ड्स ९६, रेस्ट अफ नेपाल, विश्वकप २०१४ र रुपन्देही लिजेन्ड्स गरी चारवटा टोलीले प्रतिष्पर्धा गर्न लागेका छन् ।

प्रतियोगितामा नेपालले सन् १९९६ मा मलेसियामा पहिलो एसीसी ट्रफीमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गर्दाको सहभागी खेलाडीको टोली लिजेन्ड्स ९६, विश्वकप २०१४ मा सहभागी टोली, रेस्ट अफ नेपाल तथा रुपन्देही लिजेन्ड्स टोली सहभागी हुने छन् ।

लिजेन्ड्स ९६ बाट एलवी क्षेत्री (कप्तान), पवन अग्रवाल, मनिषराज पाण्डे, राजु खड्का, सञ्जय गुरुङ, बसन्त शाही, किरण राणा, जगत टमटा, पुकार पन्त, विशाल गुप्ता लगायत सहभागी हुने छन् ।

यसैगरि पारस खड्काको कप्तानीमा रहेको विश्वकप २०१४ को टोलीबाट ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, जितेन्द्र मुखिया, करन महतरा, ममता थापा, नविन घिमिरे र अविनाश कर्ण लगायत रहेका छन् ।

नेपालको पहिलो अन्तर्राष्ट्रिय टोली र विश्वकप नखेलेका टोली बीचको कम्बिनेसन रेस्ट अफ नेपालको नेतृत्व विनोद दासले गर्ने छन् । दासको कप्तानीमा रहेको रेष्ट अफ नेपाल टोलीमा पारस लुनिया, दीपेन्द्र चौधरी, राजु बस्नेत, धिरेन्द्र चन्द, कलाम अली, विकास दली, युनिल श्रेष्ठ, लाक्पा लामा, राजकुमार प्रधान, जयप्रकास सर्राफ, अरुण थापा, अक्रम सिद्धिकी, सीता रानामगर खेलाडीहरु छन् ।

रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि थापाको कप्तानीमा रहेको रुपन्देही लिजेन्ड्समा सञ्जीव जोशी, दुर्गा सेन, अन्तिम थापा, लालबहादुर अधिकारीसहितका अन्तर्राष्ट्रिय क्रिकेट खेलेका खेलाडीहरु रहेका छन् ।

तिलोत्तमा नगरपालिकाको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा निभिया जर्सी पार्टनर र एयरलायन्स पार्टनरको रुपमा यति एयरलायन्सले सहयोग गरेको छ ।

नेपाल क्रिकेट संघसंगको सहकार्यमा रुपन्देही क्रिकेट संघ, लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिताको हाम्रो खेलकुद डट कमको फेसबुक र युवट्युवमा तथा एक्सन स्पोर्टस टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.