default_image

2 years ago

March 11, 2024

अन्तरकलेज क्रिकेट – हेटौंडा र पर्सा फाइनलमा‌ भिड्ने

274 views

0 Bookmark

हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा स्कुल अफ म्यानेजेमेन्ट र नेशनल इन्फोटेक कलेज पर्सा अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिताको फाइनल पुगेका छन् ।

लिगचरणको अन्तिम खेलमा सोमबार आ–आफ्नो समूहको शीर्ष स्थानमा रहँदै दुवै टोली हेटौंडामा जारी अष्टकुमारी क्रिकेट प्रतियोगिताको उपाधि नजिक पुगेको हुन् ।

लिगचरणको खेलमा हेटौंडा सिटी कलेजले नारायणी कलेजलाई ३० रनले पराजित गरेको हो । यो दुवै टोलीलाई पराजित गर्दै म्यानेजेमन्टले फाइनलमा स्थान बनाएको थियो ।

लिगचरणको अन्तिम खेलमा पर्साले अरोमा कलेज चितवनलाई १६ रनले पराजित गरेको हो । पर्साले पहिलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो ।

दोस्रो इनिङमा २० ओभर व्याटिङ गर्दै ८ विकेट गुमाएर चितवन १ सय ३० रनमा समेटिएको हो । खेलमा पर्साका सफवान अली म्यान अफ दी म्याच घोषित भए ।

हेटौंडा जेसीजको आयोजनामा जारी प्रतियोगिताको फाइनल मंगलबार हुनेछ । हेटौंडा–४, हुप्रचौरमा हुने फाइनलको विजेताले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.