2 years ago
March 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) का प्रमुख ग्रेग बार्कले अर्को साता नेपाल भ्रमणमा आउने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेटमा थप अवसरको सिर्जना गर्न र विकासलाई गति दिन बार्कलेको भ्रमण महत्त्वपूर्ण हुने बताएको छ । बार्कले १८ मार्चमा काठमाडौं आएर ४ दिन नेपाल भ्रमण गर्ने तालिका रहेको छ ।
यसक्रममा उनले टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट रंगशालाको भ्रमण गर्ने कार्यक्रम रहेको छ । सँगसँगै प्रधानमन्त्री, अर्थ मन्त्री र युवा तथा खेलकुद मन्त्रीसँग क्रिकेटलाई सहयोग, आर्थिक पक्षका अवसर तथा खेलकुद नीतिबारे छलफल हुनेछ ।
बार्कलेले नेपाल भ्रमणका लागि आफू उत्साहित रहेको बताएका छन् । ‘म नेपालमै आएर यहाँको क्रिकेट विकास हेर्न उत्साहित छु । क्यानले क्रिकेटमा सहभागिता र खेलको चर्चा बढाउन राम्रो भूमिका खेलेको छ । यसको प्रभाव सिनियर पुरुष टोलीले विश्वकप छनोट भएर देखाएको छ” बार्कलेले भने ।
क्यान अध्यक्ष चतुरबहादुर चन्दले बार्कलेको भ्रमणलाई लिएर उत्साहित रहेको र यसले नेपाली क्रिकेटको भविष्य अझ राम्रो गर्नेमा आशावादी रहेको अभिव्यक्ति दिए ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]