default_image

2 years ago

March 21, 2024

बुवाको सम्झनामा यु–१९ क्रिकेट आयोजना गर्दै शक्ति

1791 views

0 Bookmark

सुमन अधिकारी, बुटवल

नेपालका पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले आफ्नो बुबाको नामबाट सुरु गरेको अन्डर १९ क्रिकेट प्रतियोगितालाई छैठौं संस्करणबाट राष्ट्रिय स्तरको प्रतियोगिता बनाएका छन् ।

प्रतियोगिताको पाचौं संस्करणसम्म रुपन्देही जिल्लाका क्लब तथा एकेडेमीहरुको सहभागितामा आयोजना गर्दै आएको प्रतियोगितालाई छैठौं संस्करणबाट रुपन्देही जिल्लाभन्दा बाहिरबाट पनि  क्लब सहभागी गराउने घोषणा गरेका हुन ।

बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै छैठौ खड्ग प्रसाद गौचन ममोरियल यु–१९ क्रिकेट प्रतियोगिता चैत १० गतेबाट सुरु हुने जानकारी गराइएको थियो । गौचनले सञ्चालन गर्दै आएको स्टार क्रिकेट एकेडेमीको आयोजना तथा क्रिकेट एशोसिएशन अफ रुपन्देहीको सहकार्यमा हुन लागेको प्रतियोगितामा पहिलो चरणका खेल लिगका आधारमा हुने बताइएको  छ ।

प्रतियोगिताको सबै तयारी पूरा भएको एकेडेमीका संस्थापक गौचनले बताएका छन् । प्रतियोगिता भर्खरै निमार्ण गरिएको अन्तर्राष्ट्रिय एस्क्ट्राटेक ओवल क्रिकेट मैदानमा आयोजाना हुने गौचनले जानकारी दिएका छन् ।

प्रतियोगितामा रुपन्देहीका ४ तथा अन्य जिल्लाका ४ गरि ८ टोली सहभागी हुदैछन् ।  समूह ए मा स्टार क्रिकेट एकेडेमी, बोस्टन क्रिकेट क्लब, वेष्ट्रन क्रिकेट एकेडेमी, मदन भण्डारी स्पोर्ट्स एकेडेमी तथा समूह बि मा पल्सर सिईसि काठमाडौ, डिष्ट्रिक एशोसिएशन अफ कास्की, डिसिए धनगढी र न्यू होराईजन स्पोर्ट्स क्लब  छन् ।

तिलोत्तमा नगरको एस्क्ट्राटेक ओभेल क्रिकेट मैदानमा हुने प्रतियोगिताको लिग चरणका खेलहरु २५ ओभर तथा सेमिफाइनल र फाइनल खेल ४० ओभरको हुने गौचनले बताएका छन् ।

प्रतियोगिताको विजता टोलीले ५० हजार र दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । २० गतेसम्म चल्ने प्रतियोगितामा करिब ६ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको छ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.