2 years ago
March 24, 2024
एजेन्सी – राजस्थान रोयल्सले इंडियन प्रिमियर लिग (आईपिएल) को १७औं संस्करणमा विजयी सुरुवाती गरेको छ । पहिलो संस्करणको विजेता राजस्थानले आज भएको पहिलो खेलमा लखनऊ सुपर जाएन्ट्स विरुद्ध २० रनको जित दर्ता गरेको हो ।
राजस्थानले दिएको १९४ रनको विशाल लक्ष्य पछ्याएको लखनऊले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन मात्र बनाउन सक्यो । लखनऊका लागि निकोलस पुरनले ४१ बलमा ४ चौका र ४ छक्का सहित ६४ रनको इनिङ खेलेपनी टोलीलाई जित दिलाउन सकेनन् ।
यस्तै कप्तान केएल राहुल मले ४४ बलमा ४ चौका र २ छक्का सहित ५८ रन बनाए । दीपक हुडाले १३ बलमा २६ रनको विष्फोटक इनिङ खेले । अन्य ब्याटर भने चल्न सकेनन् ।
ओपनर क्विन्टन डीककले ४ रन मात्र बनाए । यस्तै देवडट पडीकल शून्यमै आउट भए । आयुष बडोनीले १ र मार्कस स्टोईनिसले ३ रन मात्र बनाए ।
राजस्थानका लागि ट्रेन्ट बोल्टले २ तथा नान्द्रे बर्गर, रविचन्द्रण आश्विन, युज्वेन्द्र चहल र सन्दिप शर्माले समान १-१ विकेट लिए ।
त्यसअघि जयपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९३ रन जोड्यो । राजस्थानका लागि कप्तान सञ्जु स्यामसनले ५२ बलमा ३ चौका र ६ छक्का सहित सर्वाधिक ८२ रनको अविजित इनिङ खेले ।
यस्तै रियान परागले २९ बलमा ४३ रन जोडे भने यस्यश्वि जैसवालले २४ रन बनाएर आउट भए । ध्रुव जुरेलले १२ बलमा २० रन बनाए । जोस बटलरले ११ तथा शिम्रन हेटमायरले ४ रन जोडे ।
लखनऊका लागि नवीन उल-हकले २ तथा मोहसिन खान र रवि विश्ननोईले १-१ विकेट लिए ।
आईपिएलमा आजको दोस्रो खेलमा मुम्बई इण्डियन्स र गुजरात टाइटन्सको खेल जारी छ । मुम्बई टस जितेर फिल्डिङ गरिरहेको छ ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]