2 years ago
March 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भ्सले टि२० सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ सामु विशाल योगफल खडा गरेको छ ।
टियु क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको वल्भ्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २४ रन जोड्यो । वल्भ्सका कप्तान निल रक र पिजे मुरले अर्धशतक प्रहार गरे ।
रक ७१ बलमा नटआउट रहे । उनले ३४ बलमा १ चौका र ७ छक्का प्रहार गरे । फिओन ह्यान्डले ११ बलमा २ छक्कासहित नटआउट १९ रनको योगदान दिए ।
चौथो ओभरमा ओपनर जेम्स मक्कलम १३ बलमा ३ चौका र २ छक्कासहि २६ रन जोड्दै आउट भए । उनी सगर ढकालको बलमा विकेटकिपरबाट समातिए । त्यसको केहीबेरमा अर्का ओपनर रस अडेर पनि १७ रन जोड्दै सागरकै शिकार बने ।
स्टेफन डोहनी ४ र केड कार्माइकल १ रनमा आउट भएपछि आयरल्यान्ड ६६-४ को स्थितिमा पुगेको थियो । त्यसपछि पिटर मुरले कप्तान निल रकसँग ६१ रनको साझेदारी गरे । पुर् २६ बलमा ३ चौका र ७ छक्काको आक्रामक इनिङ खेल्दै बाउन्ड्रीमा समातिए ।

ग्यारेथ डेलानी १० रनमा आउट भए । नेपालका लागि सागर ढकालले ३ विकेट लिँदा कमल ऐरी र पवन सर्राफले १-१ विकेट हात परे ।
नेपाल ‘ए’ ले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको थियो । पहिलो खेल आयरल्यान्ड वल्भ्सले २१ रनले जितेको थियो । अन्तिम खेल सोमबार हुनेछ ।


November 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हङकङ सिक्सेसमा लगातार दोस्रो खेलमा पराजित भएको छ। दक्षिण अफ्रिकाले आज नेपाललाई ४ विकेटले पराजित गरेको छ। नेपाललाई ३.३ ओभरमा ५८ रनमा अल आउट गरेको दक्षिण अफ्रिकाले ३.४ ओभरमा २ विकेट गुमाउँदै ६४ रन जोडेर जित निकाल्यो । नेपालका लागि दुबै विकेट लोकेश बमले लिए ।त्यसअघि नेपालका लागि राशिद खानले सर्वाधिक […]


November 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हङकङ सिक्सेसको आफ्नो दोस्रो खेलमा ५८ रनमा अल आउट भएको छ। दक्षिण अफ्रिकाले नेपाललाई ३.३ ओभरमा अल आउट गरेको हो।नेपालका लागि राशिद खानले सर्वाधिक १६ रन बनाए। हिजो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको थियो।


November 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङकङ सिक्सेसको आफ्नो पहिलो खेलमा खेलमा पराजित भएको छ। नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ। जितका लागि १ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । ओपनर सन्दीप जोराले अर्धशतक बनाएपनि नेपालले जित निकाल्न सकेन । १४ बलमा ८ छक्का र […]