default_image

2 years ago

April 9, 2024

नबिल बैंकलाई फारवेस्टर्न कर्पोरेट क्रिकेट उपाधि

690 views

0 Bookmark

महेन्द्रनगर (हाम्रो खेलकुद) – नबिल बैंक लिमिटेडले ‘फारवेस्टर्न कर्पोरेट क्रिकेट’ च्याम्पियनसिपको उपाधि जितेको छ ।

स्टार प्रोडक्सनले आयोजना गरेको फारवेस्टर्न कर्पोरेट क्रिकेट कप प्रतियोगिताको पाँचौं संस्करणको फाइनल खेलमा महेन्द्रनगर मा.वि. लाई ४ विकेटले पराजित गर्दै नबिल बैंकले च्याम्पियन बनेको हो। नबिल बैंकका नीरज भट्ट फाइनलको प्लेयर अफ द म्याच घोषित भएका थिए ।

गणेश बहादुर चन्दको कप्तानीमा रहेको नबिल बैंकको‌ टोलीमा विवेक विष्ट,नीरज भट्ट,गोकर्ण सिंह विष्ट, राजीव भट्ट, धरणीधर भट्ट रहेका थिए । टोलीको वैकल्पिक खेलाडीमा नीरज कुमार चटौत र नारायण बहादुर चन्द थिए । कर्पोरेट क्रिकेट ६ ओभरको खेलाईएको थियो।

नबिल बैंकले लिग चरणमा ३ टोलीलाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको थियो । क्वाटर फाइनलमा एनआइसी एशिया बैंक लिमिटेड र सेमिफाइनलमा सानिमा बैंक लिमिटेडलाई पराजित गर्दै नबिल‌ बैंक फाइनलमा पुगेको थियो । पहिलो पटक‌ च्याम्पियन बनेको नबिल बैंक यस अघिका दुई पटक फाइनल पुगेको थियो ।

यस पटक प्रतियोगितामा विभिन्न कर्पोरेट हाउस, बैंक, कलेज, लघुबित्त, सहकारी संस्था र बिमा कम्पनी गरि २१ टोलीको सहभागिता थियो।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.