default_image

2 years ago

April 14, 2024

राजस्थानसँग पन्जाबको हार

1492 views

0 Bookmark

एजेन्सी – सामूहिक प्रदर्शन गर्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबार जित निकालेको छ । राजस्थानले पन्जाब किङ्सलाई ३ विकेटले हराएको छ ।

एक सय ४८ रनको लक्ष्य पछएको राजस्थानले १९.५ ओभरमा ७ विकेटको क्षेतिमा १ सय ५२ रन जोड्दै जित दर्ता गरेको हो ।
टोलीका लागि यसस्वी जैसवालले २८ बलमा सर्वाधिक ३९ रन, तानुस कोटिले २४, सन्जु सामसनले १८, रियान परागले २३ रन बनाएका थिए ।

सिमरोन हेटमेरले नटआउट २७ रन बनाएका थिए । २२ बलमा उनल १ चौका र ३ छक्का प्रहार गरे । पन्जाबका लागि कागिसो राबडा र साम कुरानले समान २ विकेट तथा अर्सदीप सिंह, लिम लिभिङटन र हर्सल पटेलले समान १ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेटको क्षेतिमा १ सय ४७ रन बनाएको थियो । टोलीका लागि अशुतोष शर्माले सर्वाधिक ३१ रन जोडे ।

जितेश शर्माले २९, लिभिङटनले २१, अर्थभ टेडी र जोनी ब्रेस्टोले समान १५ रन बनाएका थिए । राजस्थानका लागि अभेस खान, केशव महाराजले समान २ विकेट तथा ट्रेन्ट बोल्ट, कुलदिप सेन र युजभेन्द्र चाहालले समान १ गोल गरेका थिए ।

६ खेलपछि राजस्थान १० अंकका साथ शीर्षस्थामा छ । दोस्रो स्थानको कोलकाता नाइट राइडर्ससहित ५ टोलीको समान ६ अंक छ । १० टोलीको सहभागिता रहेको आइपिएलमा ४ अंकसहित पन्जाब आठौं स्थानमा छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.