2 years ago
April 23, 2024
एजेन्सी – यशस्वी जैसवालको शानदार शतकसहित राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार मुम्बई इन्डियन्सविरुद्ध ९ विकेटले हराएको छ ।
१ सय ८० रनको लक्ष्यसहित उत्रेको राजस्थानले १८.४ ओभरमा १ विकेटको क्षेतिमा १ सय ८३ रन जोड्दै जित हासिल गरेको हो । दमदार सुरुवात गरेको राजस्थानका लागि यशस्वी र जोस बटलरले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरेका थिए ।
बटलर ३५ रन बनाएर आउट भएपछि यशस्वी र सन्जु सामसनले टोलीलाई जित दिलाएका थिए । ६० बल खेलेका यशस्वी ९ चौका र ७ छक्कासहित १ सय ४ रन नटआउट रहे । २८ बल खेलेका सन्जुले २ छक्का र २ चौकासहित नटआउट ३८ रन बनाए । मुम्बईका लागि एक मात्र विकेट पियुष चावलाले लिएका थिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको मुम्बईले तिलक वर्माको अर्धशतसँगै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । २० रन जोड्दा ३ महत्वपूर्ण विकेट गुमाएको मुम्बईका लागि मध्यक्रमले सम्हालेको थियो । ओपनर रोहित शर्मा ६ रन र इशान किसन खाता नखोल्दै आउट भए ।
तेस्रो नम्बरमा सूर्यकुमारले ८ बलमा १० रन जोडर आउट हुँदा मुम्बई दबाबमा परेको थियो । त्यसपछि तिलक, मोहम्मद नवि, नेहाल वाडेरले इनिङ्स सम्हालेका थिए । तिलकले ४५ बलमा ५ चौका र ३ छक्का साथ सर्वाधिक ६५ रन जोडे । नेहाल एक रनले अर्धशतक बनाउनबाट चुके । उनले २४ बलमा ३ चौका र ४ चौका प्रहार गर्दै ४९ रन बनाए । नविले २३, हार्दिक पान्ड्याले १० रन जोडे ।
राजस्थानका सन्दीप शर्माले ४ ओभरमा १८ रन खर्चेर ५ विकेट लिए । ट्रेन्ट बोल्टले २, अभेश खान र युजभेन्द्र चाहलले समान १ विकेट लिएका थिए ।
८ खेलमा ७ जित र १ हारका साथ शीर्षस्थानमा रहेको राजस्थानको १४ अंक छ । समान १० अंकसहित कोलकाता नाइट राइडर्स दोस्रो र सनराइजर्स हैदरावाद तेस्रो स्थानमा छ । सातौं स्थानको मुम्बईको ६ अंक छ ।
आइपिएलमा मंगलबार चेन्नई सुपर किङ्स र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]