default_image

2 years ago

April 24, 2024

कोशीलाई हराए पनि गण्डकी पनि बाहिरियो

381 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा पुछारमा रहेको कोशी प्रदेशलाई बुधबार ४ विकेटले पराजित गरेको छ ।

गण्डकीको यो दोस्रो जित हो । जितका बाबजुद गण्डकी लिग चरणबाटै बाहिरिसकेको छ । लगातारको पाँचौ हार बेहोरेको कोशीले अंकको खाता खोल्न सकेको छैन । कर्णाली पनि लिग चरणबाटै बाहिरिएको छ ।

जितको लागि १सय ५६ रनको लक्ष्य पछाएको गण्डकीले एक बल अगाडि ६ विकेटको नोक्सानीमा लक्ष्य पूरा गर्यो । ओपनर इश्वर क्षेत्री र अर्जुन कुमालले पहिलो विकेटको लागि ५० रनको साझेदारी गर्दै मध्यम सुरूवात दिलाए ।

अर्जुन २४ रनमा र इश्वर २५ रनमा आउट भए । त्यसपछि दिनेश बुढामगरले सर्वाधिक ३३ रन बनाए । दीपक डुम्रे १८ र अमृत गुरुङ १२ रनमा आउट हुँदा गण्डकी संकटमा परेको थियो ।

तर विपिन खत्री र अर्जुन रायमाझीले सुझबुझपुर्ण ब्याटिङ गर्दै गण्डकीलाई जित दिलाए । उनीहरूले नटआउट ४० रनको साझेदारी गरे। अन्तिम ओभरमा जितको लागि ६ रन आवश्यकता थियो । एक वाइड सहित पहिलो ३ बलमा ६ रन मात्र बन्यो । यसपछि पाँचौं र छैटौं बलमा विपिनले लगातार दुई चौका प्रहार गरे र टोलीलाई एक बल अगाडि ४ विकेटको जित दिलाउन सफल रहे । बलिङमा प्रकाश कार्कीले २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको कोशी प्रदेशले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५५ रन बनायो । ओपनरद्वय मिनास थापा र सोनु अन्सारीले राम्रो सुरुवात दिलाए । उनीहरूले पहिलो विकेटको लागि ७० रनको साझेदारी गरे ।

३५ बल खेल्दै ६ चौका सहित ४४ रन बनाएर सोनु सुबाश भण्डारीद्वारा कट एण्ड बोल्ड भए । यस्तै मिनासले ४४ रन बटुले । उनले यो क्रममा ६ चौका र १ छक्का प्रहार गरे । त्यसपछि कप्तान अंकित सुवेदीले ३२ रन, श्रवण यादव नटआउट २१ रनमा क्रिजमा रहे ।

बलिङमा सुबाश भण्डारीले ४ ओभर बलिङ गर्दै ३० रन खर्चेर ३ विकेट लिए। विपिन खत्री र अमृत गुरुङले १÷१ विकेट झारे ।
६ खेलमा गण्डकीले मात्र ४ अंक जोड्न सक्यो र प्रतियोगिताबाट बाहिरिएको हो । कोशीले भने अंकको खाता खोल्न नै सकेको छैन । उसको यो लगातार पाँचौ हार हो ।

अब कोशीले लिग चरणको अन्तिम खेलमा कर्प्रणालीको देशको सामना गर्नेछ । त्यसमा जितेपनि कोशी अंक तालिकाको पुछारमा नै रहनेछ । ७ प्रदेशबीचको प्रतिस्पर्धामा लिगको शीर्ष दुई टोलीले उपाधिको लागि फाइनल खेल्ने तालिका ।

कोशी प्रदेश हुनुपर्नेमा अन्यथा भएकोले सच्चाइएको छ। -सम्पादक

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.