2 years ago
April 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बुधबार लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २३ रनले हराउँदै फाइनलमा पुग्ने संभावना कायमै राखेको छ। लुम्बिनीको जितमा आकाश त्रिपाठीले ६७ रनको पारी खेले।
१ सय ३८ रनको विजय लक्ष्य पछाएको सुदूरपश्चिम १८.३ ओभरमा मात्र १ सय १८ रनमा अल आउट भयो। सुदूरपश्चिमले कुनैपनि समयमा ठूलो साझेदारी बनाउन सकेन भने कुनै पनि खेलाडी क्रिजमा जम्न सकेनन्।
खडग बोहोराले सर्वाधिक २८ रन बनाउँदा नरेन भट्टले १९, नारायण जोशीले १५ तथा वसन्त खत्री र वसन्त कार्कीले १०/१० रन बनाए। अन्यले दोहोरो अंकमा रन छुन सकेनन्।
बलिङमा लुम्बिनीका कप्तान देव खनालले ३ तथा कृष्ण कार्की र नर सार्कीले समान २ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३७ रन बनायो। ओपनर मृनाल गुरूङ १ रनमा र देवलाई १० रनमा हेमन्त धामीले आउट गरे।
यतिखेर लुम्बिनीले २ विकेटको नोक्सानीमा मात्र १७ रन बनाएको थियो। लुम्बिनीको इनिङसलाई आकाश त्रिपाठीले सम्हाले। उनी क्रिजमा टिके र अर्धशतक बनाए। ५२ बल खेल्दै ५ चौका र २ छक्का सहित ६७ रनको पारी खेले। यस्तै अभिषेक गौतमले १५ र सुनिल भण्डारीले १२ रन बनाउँदा कृष्ण कार्की नटआउट १२ रनमा रहे्।
बलिङमा सुदूरपश्चिमका हेमन्तले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए। यस्तै शेर मल्लले २ तथा नारायण जोशी र नरेन भट्टले १/१ विकेट झारे।
लिगको सबै ६ खेल खेलिसकेको लुम्बिनीले ४ जित सहित ८ अंक बनाएको छ। लुम्बिनीले भन्दा एक खेल कम खेलेको बागमतीले ८ अंक सहित शीर्षस्थानमा छ। यसैगरी मधेश र कर्णालीसँग समान ६ अंक छ। ती दुई टोलीले एक-एक खेल खेल्न बाँकी छ। पराजित सुदरपश्चिमसँग ४ खेलबाट ४ अंक छ। सुदूरले २ खेल खेल्न बाँकी छ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]