default_image

2 years ago

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

4043 views

0 Bookmark

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ ।

२ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो ।

४८ बलमा बेयरस्टोले ९ छक्का र ८ चौको मद्दतमा नटआउट १ सय ८ रन बनाएका थिए । त्यस्तै २८ बलमा शंशाकले ८ छक्का र २ चौकाको मद्दतमा नटआउट ६८ रन जोडेका थिए ।

प्रभसिमरनले २० बलमा ५ छक्का र ४ चौकाको मद्दतमा ५४ रन बटुले । राइली रोसोउले १६ बलमा २ छक्का र १ छक्कासहित २६ रन जोडे । कोलकाताका लागि सुनिल नारिनले १ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङका लागि आमन्त्रण गरिएको कोलकाताले फिल साल्ट र सुनिल नारिनको अर्धशतकसँगै निर्धारित २० ओभरमा ६ विकेटमा २ सय ६१ रन बनाएको थियो ।

साल्ट र नारिनले पहिलो विकेटका लागि १ सय ३८ रन बनाउँदै बलियो सुरुवात दिलाएका थिए । साल्टले ३७ बलमा समान ६ छक्का र चौका साथ ७५ रन बनाए ।

नारिकले ३२ बलमा ९ चौका र ४ छक्का साथ ७१ रन जाडे । त्यसपछिका ब्याटरले पनि इनिङ्स सम्हाल्ने कोशिस गरे । ब्याङटेस एयरले २३ बलमा ३९, आन्द्रे सलेले १२ बलमा २४ रन, श्रेयस एयरले १० बलमा २८ जोडेका थिए । पन्जाबका अर्शदिप सिंहले २, साम करन, हर्सल पटेल, साहुल चाहरले समान १ विकेट लिए ।

९ खेलपपिछ पन्जाबको ६ अंक पुगेको छ र टोली आठौं स्थानमा छ । १० अंकसहित कोलकाता दोस्रो स्थानमा छ । शीर्षस्थानको राजस्थान रोयल्सको १४ अंक छ । आइपिएलमा शनिबार दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स तथा दोस्रो खेल लखनउ सुपर जाइन्ट्स र शीर्षस्थानको राजस्थान रोयलबीच हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.