2 years ago
April 29, 2024
एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो ।
चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक रहन पुग्यो । यस्तै हेनरिक क्लासेनले २० रन बनाए भने अब्दुल समादले १९ रन जोडे । ट्राभिस हेड र नितिश रेड्डीले १५-१५ रन जोडे ।
चेन्नाईका लागि तुषार देशपाण्डे एक्लैले ४ विकेट लिए । यस्तै मुस्तफिजुर रहमान र मथिशा पाथिरानाले समान २-२ विकेट लिए । रवीन्द्र जडेजा र शार्दुल ठाकुरले १-१ विकेट ।
त्यसअघि चेपकमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नाईले २० ओभरमा ३ विकेटको क्षतिमा २१२ रन जोड्यो । चेन्नाइका कप्तान रुतुराज गाइक्वाड शतक बनाउनबाट चुकेपनि ५४ बलमा ९८ रनको सानदार इनिङ खेले । डयारिल मिचेलले ३२ बलमा ५२ रन बनाए । यस्तै शिवम दुबेले ३९ रन जोडे ।
हैदराबादका भुवनेश्वर कुमार, नटराजन र जयदेव उनादकटले समान १-१ विकेट लिए ।
जित पछि चेन्नाई ९ खेलमा १० अंक सहित तेस्रो स्थानमा उक्लिएको छ । पराजित हैदराबादको पनि ९ खेलमा १९ अंक नै रहेको छ र नेट रनरेटका आधारमा चौथो छ ।
आईपिएलमा भोलि हुने खेलमा कोलकत्ता नाइट राइडर्स र दिल्ली क्यापिटल्स भिड्ने छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]