default_image

2 years ago

May 11, 2024

कृतिकाको उच्च प्रदर्शनमा मेयर्स-११ को जित

657 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर कृतिका मरासिनीको उच्च बलिङ प्रदर्शनमा ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा आयोजक मेयर्स-११ ले विजयी सुरुवात गरेको छ ।

मेयर्स-११ ले बागमतीलाई ७ विकेटले हराएको हो । बागमती १५ औं ओभरमा ५२ रनमा अलआउट हुँदा मेयर्सले सहज लक्ष्य पाएको थियो ।

कृतिकाले ४ बलमा लगातर ४ विकेट लिँदै बागमतीको इनिङ धराशायी बनाएपछि टस जितेर पहिलो ब्याटिङ रोजेको बागमती सामान्य योगफलमा सिमित भएको थियो । शीर्षक्रमका सुरुवाती ३ विकेट सरस्वती कुमारी चौधरीले लिएकी थिइन् ।

दोस्रो ओभरमा हेलिशा गुरुङ र सोनी पाख्रिनको विकेट लिएकी उनले चौथो ओभरमा यशोदा विष्टलाई आउट गरिन् । बाग्मतीका लागि कप्तान अश्मिना कर्माचार्यले २६ बलमा ३ चौकासहित २० रन जोडिन् । बागमतीको इनिङमा अश्मिनाले मात्र चौका प्रहार गरिन् । कन्चन श्रेष्ठले ११ रन जोडिन् ।

कृतिकाले १२ औं ओभरको चौथो बलमा खुसी डंगोल, पाँचौ बलमा विपिशा शाही र अन्तिम बलमा मनिषा उपाध्यायको विकेट लिइन् । १४ औं ओभरको पहिलो बलमा अश्मिनालाई बोल्ड गर्दै कृतिकाले ४ बलमा ४ विकेट लिइन् ।

जवाफमा मेयर्स-११ ले १४ औं ओभरमा लक्ष्य पूरा गर्यो । कप्तान पुजा महतोले ३० बलमा ३ चौकासहित नटआउट २३ रन जोडिन् । लक्ष्मी चौधरीले ७ बलमा ३ चौकासहित १२ रन बनाएकी थिइन् । दुई रनआउट हुँदा एकमात्र विकेट खुसी डंगोलले लिइन् ।

प्रतियोगितामा ५ टोलीले सिंगल राउण्ड रोबिनमा खेल्नेछन् । शीर्ष २ टोलीले अर्को शनिबार हुने फाइनलमा खेल्नेछन् ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.