2 years ago
May 12, 2024
एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत शनिवारको एकमात्र खेलमा कोलकत्ता नाइट राइडर्स विजयी हुँदै प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । वर्षाले प्रभावित खेलमा कोलकत्ताले मुम्बई इण्डियन्स विरुद्ध १८ रनको जित दर्ता गर्दै प्लेअफमा आफ्नो स्थान पक्का गरेको हो ।
वर्षाका कारण ढिलो सुरुवात भएर १६ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित १६ ओभरमा ७ विकेटको क्षतिमा १५७ रन बनाएको थियो । दुवै ओपनर सस्तैमा गुमाएको कोलकत्ताका लागि वेंकटेश ऐयरले २१ बलमा सर्वाधिक ४२ रन बनाए ।
नितिश रानाले २३ बलमा ३३ रन बनाउँदा आन्द्रे रसेलले २४ तथा रिन्कु सिंहले २० रन जोडे ।
मुम्बईका लागि जस्पृत बुम्राह र पियुस चावलाले २-२ विकेट लिए भने नुवान् थुसरा र अंशुल कम्बोजले १-१ विकेट लिए ।
जवाफमा मुम्बईले १६ ओभरमा ८ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । मुम्बईका ओपनर इशन किसनले २२ बलमा सर्वाधिक ४० रन बनाए भने तिलक वर्माले ३२ रन बनाए । रोहित शर्माले १९ तथा नमन धिरले १७ रन जोडे ।
कोलकत्ताका लागि हर्षित राना, वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान २-२ विकेट लिँदा सुनिल नरिनले १ विकेट लिए ।
जित पछि शीर्ष स्थानमा रहेको कोलकत्ताको १२ खेलमा १८ अंक रहेको छ । पराजित मुम्बईले भने १३ खेल खेल्दै ८ अंक मात्र बटुलेको छ ।
आईपिएलमा आईतवार दुई खेल हुँदै छन् । दिउँसो ३:४५ बजे सुरु हुने खेलमा चेन्नाई सुपर किंग्स र राजस्थान रोयल भिड्ने छन् भने बेलुका ७:४५ बजे रोयल च्यालेनजर्स बेंगलूरु र दिल्ली क्यापिटल्स भिड्ने छन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]