default_image

2 years ago

May 15, 2024

विश्वकप जर्सी केल्मीबाट नेपालभर डेलिभर हुने

1441 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी टि२० विश्वकपमा प्रयोग गर्ने जर्सी किट निर्माण गर्ने कम्पनी केल्मीले आम समर्थकका लागि जर्सी नेपालभर डेलिभर गर्ने भएको छ ।

केल्मीले ३६ सय रुपैयाँमा जर्सी विक्री गर्दैछ । यसअघि प्रि-अर्डरको विशेष अफरमा २५ सय रुपैयाँमा बुकिङ खुल्ला गरिएको थियो भने त्यो अफर समाप्त भइसकेको छ । केल्मीले आफ्नो विश्वकप विशेष वेबसाइटबाट जर्सी विक्री गरिरहेको छ । जर्सी नेपालभर डेलिभर गर्न अर्डर सुरु भइसकेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार विश्वकप खेल्ने जर्सी सार्वजनिक गरेको थियो । विश्वकपका लागि निर्माण गरिएको विशेष जर्सीमा रातो र नीलोको जीवन्त राष्ट्रिय रंगहरू समावेश छन् । केल्मीका अनुसार पहेंलो रंगले पछिल्लो समय विश्व क्रिकेटमा नेपालको योद्धाको पहिचान झल्काउँछ । डिजाइनमा प्रतिष्ठित नेपालको राष्ट्रिय झण्डासँगै गैंडा र सगरमाथा पनि अंकित छ ।

केल्मीले राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक जर्सी उच्च गुणस्तरीय सामग्रीबाट बनाइएको छ र मैदान भित्र र बाहिर आरामसँगै उच्च प्रदर्शन गर्न सहयोगी रहेको बताएको छ । केल्मी पछिल्लो ३ वर्षयता राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक किट प्रदायक रहेको र क्यानसँग सम्झौतामा हस्ताक्षर गरेको हुनाले राष्ट्रिय क्रिकेट टोलीलाई प्रत्यक्ष रूपमा समर्थन गर्ने केल्मीले जनाएको छ ।

केल्मीको जर्सी अर्डर गर्नका लागि यहाँ जान सक्नुहुन्छ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.