2 years ago
May 15, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा जारी ललितपुर मेयर्स कपमा बागमती प्रदेशले पहिलो जित दर्ता गरेको छ । पहिलो जित दर्ता गर्ने क्रममा बागमतीले वर्षाले प्रभावित खेलमा जितविहिन कोशी प्रदेशलाई ८ विकेटले हराएको हो ।
ढिलो सुरुवात भएका कारण १३ ओभरमा घटाइएको खेलमा बागमतीले कोशीले पस्किएको ६४ रनको लक्ष्य ११.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
बागमतीका लागि ओपनर यशु पाण्डेले २३ बलमा ५ चौका प्रहार गर्दै सर्वाधिक २६ रन बनाइन् । यस्तै कन्चन श्रेष्ठ र खुशी डंगोल समान ११-११ रन बनाएर अविजित रहे । अर्की ओपनर हेलिशा गुरुङले १० रन बनाइन् ।
कोशीका लागि हिरणमाए रोय र अप्सरी बेगमले समान १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोशीले निर्धारित १३ ओभरमा ६ विकेट गुमाएर ६३ रन मात्र बनाउन सक्यो । कोशीका लागि कप्तान अप्सरी बेगमले ३८ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३५ रन जोडिन् । कोशीका लागि दोस्रो ठुलो स्कोर सबनम राईको ८ रन रहेको थियो ।
बागमतीका लागि खुशी डंगोल र मनिषा उपाध्यायले समान २-२ विकेट लिए ।
जित सहित बागमतीको ३ खेलमा २ अंक भएको छ भने पराजित कोशी अंकविहिन छ ।
एपिएफको ३ खेलमा ६ अंक सहित एक खेल अगावै फाइनल प्रवेश गरिसकेको छ । दोस्रो स्थानको सुदूरपश्चिमले २ खेलमा ४ अंक नै बटुलेको छ । ललितपुरको ३ खेलमा २ अंक रहेको छ ।
प्रतियोगितामा बिहिवार दुई खेल हुँदै छन् । ९:३० बजे सुरु हुने पहिलो खेलमा एपिएफ र सुदुरपश्चिम प्रदेश भिड्ने छन् भने दिनको १:३० बजे हुने खेलमा ललितपुर मेयर्स-११ र कोशी प्रदेश खेल्ने छन् ।
५ टोली सम्मिलित यस प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा हुँदैछ भने लिग चरणका शीर्ष दुई टोलीले उपाधिका लागि आउँदो शनिवार खेल्ने छन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]