2 years ago
June 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – भारतले जारी आईसिसी टि-२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा सहज जित दर्ता गरेको छ । न्यूयोर्कमा भएको खेलमा भारतले आयरल्यान्ड माथि ८ विकेटको सहज जित दर्ता गरेको हो ।
आयरल्यान्डले दिएको ९७ रनको सहज लक्ष्य भारतले १२.२ ओभरमा २ विकेट गुमाएर भेटायो । भारतका लागि कप्तान रोहित शर्माले ३७ बलमा ४ चौका र ३ छक्का सहित ५२ रन प्रहार गरे । ऋषभ पन्त २६ बलमा २६ रन बनाएर अविजित रहे ।
आयरल्यान्डका लागि मार्क एडेयर र बेन व्हाइटले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले १६ ओभरमा समेटिनु अघि ९५ रन बनायो । आयरल्यान्डका लागि ग्यारेथ डिलेनीले सर्वाधिक २६ रन बनाए भने जोशुवा लिटलले १४ रन जोडे । कर्टिस क्याम्फरले १२ रन बनाए ।
भारतका लागि हार्दिक पन्ड्याले ३ विकेट लिए भने जस्पृत बुम्राह र अर्शदिप सिंहले २-२ विकेट लिए । अक्सर पटेल र मोहम्मद सिराजले १-१ विकेट लिए ।
भारत र आयरल्यान्ड रहेको समूह ए मा अमेरिका, क्यानडा र पाकिस्तान रहेका छन् । अमेरिकाले उद्दघाटन खेलमा क्यानडालाई हराउँदै २ अंक जोडिसकेको छ । पाकिस्तानले भने एक खेल पनि खेलेको छैन । पाकिस्तानले बिहीवार बेलुका ९:१५ बजे अमेरिकाको सामना गर्नेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]