5 months ago
June 7, 2024
डालास (हाम्रो खेलकुद)- सह आयोजक अमेरिकाले आईसीसी टि ट्वान्टी विश्वकप २०२४ को समूह चरणमा बिहीबार पाकिस्तानलाई सुपर ओभरमा हराएको छ ।
अमेरिकाले पहिलो पटक पाकिस्तानलाई हराएको थियो । पाकिस्तानलाई सुपर ओभरमा खेल जित्न १९ रन आवश्यक थियो। सौरभ नेत्रवालकरले १३ रन खर्चिदै अमेरिकाको ऐतिहासिक जित पक्का गराए । सुपर ओभरमा पाकिस्तानका मोहम्मद आमिरले १८ रन खर्चिए थिए ।
१ सय ६० रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५९ रन बनायो । अन्तिम ओभरमा अमेरिकालाई जितको लागि ६ बलमा १५ रन चाहिँदा हरिस रौफले १४ रन खर्चिदै खेल बराबर गराएका थिए ।
अमेरिकाका जितमा कप्तान मोनांक पटेलले ३८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५० रन बनाए । ओपनर स्टिभ टेलर १६ बलमा १ चौकासहित १२ रनमा आउट भएका थिए । त्यसपछि दोस्रो विकेटका लागि मोनांक र एन्ड्रिस गौसले ४८ बलमा ६८ रनको साझेदारी गर्दै जितको आधार तय गरे ।
गौस २६ बलमा ५ चौका र १ छक्कासहित ३५ रनमा आउट भए । आरोन जोन्स २६ बलमा २ चौका र २ छक्कासहित ३६ र नितेश कुमारले १४ रन बनाए । पाकिस्तानका मोहम्मद आमिर, नसिम साह र हरिस रौफले १–१ विकेट लिए ।
त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो ।
कप्तान बाबर आजमले ४३ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४४ बनाए । स्पिन अलराउण्डर सादब खानले २५ बलमा १ चौका र ३ छक्कासहित ४० बनाएपनि जित्नलाई पर्याप्त हुन सकेन ।
शाहिन शाह अफ्रिदीले १६ बलमा १ चौका र २ छक्कासहित २३ रनमा नट आउट रहे । इफ्तिखर अहमद १४ बलमा ३ चौकासहित १८, हरिस रौफले ३, मोहम्मद रिजवान ९, उस्मान खान ३ र फखार जमान ११ रनमा आउट भए ।
अमेरिकाका नोष्थुश केजिंगेले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । सौरभ नेत्रवालकरले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । अली खान र जसदीप सिंहको नाममा १–१ विकेट रह्यो ।
November 3, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले विराटनगरमा जारी नरेश श्रेष्ठ स्मृती राष्ट्रिय यु १९ क्रिकेट प्रतियोगितामा लगातार चौथो खेलमा जित हासिल गरेको छ । आफ्नो पाँचौ खेलमा चौथो जित हात पार्ने क्रममा सुदूरपश्चिमले बागमती प्रदेशमाथि आइतवार भएको खेलमा ५ विकेटको जित हात पार्यो । बागमतीले दिएको १ सय ३० रनको लक्ष्य सुदूरले २८.५ ओभरमा ५ विकेट […]
November 3, 2024
एजेन्सी – विश्व कप लिग टु को अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजमा युएईले नेदरल्याण्ड्समाथि जित हासिल गरेको छ । ओमानमा जारी त्रिकोणात्मक ओडिआई सिरिजमा आइतवार भएको खेलमा युएईले नेदरल्याण्ड्समाथि २६ रनको जित हात पार्यो । युएईले दिएको २ सय ४१ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४७.४ ओभरमा अल आउट हुदै २ सय १४ रन बनाउन सक्यो । […]
November 3, 2024
काठमाडौं(हाम्रो खेलकुद) – हङकङमा जारी सिक्सेसमा युएईसँग नेपाललाई पराजित भएको छ । प्लेट सेमिफाइनलमा नेपाल युएईसँग ५ विकेटले पराजित भएको हो । ९५ रनको लक्ष्य युएईले ५.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । युएईका आसिफ खानले १५ बलमा ३ चौका र ७ छक्काको सहयोगमा नट आउट ५५ रन जोडे । खालिद शाहले ७ बलमा […]