1 year ago
June 15, 2024
किङ्गसटाउन (हाम्रो खेलकुद)– नेपालले टि ट्वान्टी विश्व कपको आफ्नो तेस्रो खेलमा दक्षिण अफ्रिकाविरुद्ध कसिलो बलिङ गरेको छ । दीपेन्द्रसिंह ऐरीले टोलीका लागि चौथो विकेट लिएका छन् । उनले टोलीका लागि सर्वाधिक ४३ रन बनाएका हेन्रिच हेन्ड्रिक्सलाई आउट बनाएका छन् ।
दीपेन्द्रले पहिलोमा जस्तै आफ्नै बलमा क्याच लिएका थिए । १५.३ ओभरमा चौथो विकेटको क्षेतिमा दक्षिण अफ्रिकाले ८२ रन बनाएको छ । दीपेन्द्र र कुशल भुर्तेलले समान २ विकेट लिएका छन् ।
नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । दुई फरक परिस्थितिका साथ नेपालले सिनियर क्रिकेटमा पहिलो पटक दक्षिण अफ्रिकाको सामना गर्दैछ । यसअघिका सबै ३ खेल जित्दै ६ अंकका साथ दक्षिण अफ्रिका विश्व कपको सुपर एटमा पुग्नेछ ।
अर्कोतर्फ नेपालले अमेरिकाको डालासमा भएको पहिलो खेलमा नेदरल्यान्ड्सँग ६ विकेटको हारबाट विश्व कपको यात्रा सुरु गरेको थियो । अघिल्लो चरण प्रवेशको सम्भावनालाई जीवित राख्न पनि नेपालले आजको खेल जित्नै पर्ने हुन्छ ।
दक्षिण अफ्रिकासँग हारको सामना गर्नु परेमा नेपाली टोली बंगलादेशको सामना गर्नुअघि नै विश्व कपबाट बाहिरिने छ । समूहमा बंगलादेश ४ अंकसहित दोस्रो स्थानमा छ । नेदरल्यान्ड्सको २ अंक छ ।
November 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण आजद सुरु हुँदैछ। एनपिएलको उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले उद्घाटन गरेकी छिन्। टियु रंगशालाको सुरक्षा व्यवस्था हाई अलर्टमा रहेको नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामाले हाम्रो खेलकुद डटकमलाई जानकारी गराए। उनले आज नेपाल प्रहरी १ हजार ९ सय, सश्स्त्र प्रहरी २ सय ५० […]
November 17, 2025
काकाठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन खेल जितेर काठमाडौं गोर्खाज पहिले बलिङ गर्ने भएको छ। टियु क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि जनकपुर पहिलो ब्याटिङमा उत्रने भएको छ। जनकपुर बोल्ट्स डिफेन्डिङ च्याम्पियन हो। काठमाडौंले भने गत संस्करण नेट रनरेटको आधारमा प्ले अफमा स्थान बनाउन […]
November 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उद्घाटनमा २ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीचको उद्घाटन खेल हुँदैछ। खेल दिउँसो ४ बजे सुरु हुनेछ। आज नेपाल प्रहरीका १ हजार ९ सय, सशस्त्र २ सय ५० र प्राइभेट स्क्युरिटी २ सय परिचालन गरिएको नेपाल क्रिकेट संघ […]