1 year ago
June 21, 2024
काठमाडौँ (हाम्रोखेलकुद) – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई आइएलटी२० टोली गल्फ जायन्ट्सले आगामी सिजनका लागि निरन्तरता दिएको छ । गत सिजन अन्तिम केही खेलमा टिममा रहेका स्टार अलराउन्डर दीपेन्द्रलाई यस पटक पूर्ण सिजनका लागि राखिएको शुक्रवार घोषणा भएको हो ।
दीपेन्द्रले फेब्रुअरीमा युएई गएका थिए र नामिबियासँगको लिग-२ को पहिलो खेल गुमाएका थिए । तर उनले गर सिजन कुनै खेल पनि खेलेनन् ।
आइएलटि२० मा गल्फ जायन्टसमा फाइनलमा पुग्न असफल रहेको थियो । जायन्टसले दुबई क्यापिटल्ससँगको दोस्रो क्वालिफायरमा ९ विकेटको हार बेहोरेको थियो ।
दिपेन्द्रसँगै, जायन्ट्सले युएईका युवा अलराउण्डर आयान अफजल खान, जिम्बाब्वेका तीब्र गतिका बलर ब्लेसिङ मुजारबानी, इङ्ग्लिस खेलाडीहरु क्रिस जोर्डन, जेमी ओभरटन, रेहान अहमद, रिचर्ड ग्लेसन जेम्स भिन्सका, जोर्डन कक्स र जेमी स्मिथ, नामिबियाका कप्तान गेरासमुस र वेस्ट इन्डिजका शिमरोन हेटमायरलाई रिटेन गरेको छ ।
आइएलटी२० को तेस्रो सिजन २०२५ जनवरी ११ देखि ९ फेब्रुअरी सम्म अबुधाबी, दुबई र शारजाहमा खेल्ने तालिका छ ।

December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]