1 year ago
July 17, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सामाजिक संजालमा समर्थकहरुको संलग्नतामा उच्च कार्य गरेको भन्दै नेपालले आइसिसी डिजिटल फ्यान इंगेजमेन्ट इनिसिएटिभ अफ द इयरको अवार्ड जितेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले आइसिसी ग्लोबल अवार्डको छ विधाको विजेता घोषणा गर्दा नेपालले आइसिसी डिजिटल फ्यान इंगेजमेन्ट इनिसिएटिभ अफ दि इयरको अवार्ड जितेको हो । यसअघि एसिया क्षेत्रको विजेता नेपालले अन्य क्षेत्रलाई पछि पार्दै अवार्ड प्राप्त गरेको हो ।
क्यानले अवार्डको जितेकोमा गौरव अनुभूति भएको जनाउँदै माकुरा क्रिएसनको कामको प्रशंसा गरेको छ । माकुरा क्रिएसनले नै पछिल्लो दुई वर्षयता क्यानको सामाजिक संजाल व्यवस्थापन तथा संचालन गर्दै आएको छ ।
नेपालले वर्ष भरिमा कीर्तिमानी फ्यानबेस बढेको आइसिसीले जनाएको छ । फेसबुकलगायत डिजिटल माध्यममा नेपाली फ्यानको संलग्नता गत वर्ष ४ सय प्रतिशतले बढेको आईसीसीले जनाएको छ ।
नेपाली क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका नेपाल क्रिकेट संघ ( क्यान) का सचिव रहेका पारस खड्काले नेपाली क्रिकेटलाई समर्थन गर्ने लाखौं समर्थकको प्रशंसा गरेका छन् ।
‘यो अवार्डले हाम्रा शुभेच्छुक, फ्यानलगायत क्रिकेट समुदायको सामूहिक प्रयासलाई प्रतिबिम्बित गर्दछ । जो वर्षौंदेखि हाम्रो सबैभन्दा ठूलो शक्तिका रूपमा रहेका छन्,’ खड्काले भनेका छन्, ‘महिला, पुरुष दुवै खेलको प्रवर्द्धन गरेर, हामी ऊर्जावान, समावेशी माहोल सिर्जना गरेर जीवन्त क्रिकेट संस्कृतिको विकास गर्ने प्रयास गरिरहेका छौं ।’
खड्काले क्यानले लिएको डिजिटल रणनीतिले फ्यानहरूलाई नेपाली क्रिकेटसँग थप नजिक बनाउन भूमिका निर्वाह गरेको बताएका छन् । उनले अगाडि भनेका छन्, ‘अवार्डले हामीलाई थप ऊर्जा दिएको छ । हामीलाई खेलको विकास र हाम्रा प्रशंसकहरूलाई संलग्न गराउने प्रयासलाई जारी राख्न प्रेरित गर्नेछ ।’
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]