1 year ago
August 2, 2024
एजेन्सी – घरेलु टोली श्रीलंकाविरुद्धको ३ खेलको ओडिआई सिरिज आज बाट सुरु हुँदैछ ।
सिरिज अन्तगर्तको पहिलो खेल श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्डेडियममा खेल नेपाली समय अनुसार शुक्रबार दिउँसो २ः४५ बजे सुरु हुनेछ ।
भारतीय टोलीमा टि ट्वान्टी आई क्रिकेटबाट संन्यास लिएका रोहित शर्मा, विराट कोहली ओडिआई टोलीमा फर्कनेछन् ।
कोहली र शर्माले सन् २०२३ को नोभेम्बर १९ मा अस्ट्रेलियासँगको विश्वकप फाइनलमा हार पछि ओडिआई खेलका लागि पहिलो पटक मैदानमा देखिने छन् ।
दुर्घटनाका कारण मैदान बहिर रहेका ऋषभ पन्त पनि सन् २०२२ पछि पहिलो पटक ओडिआई टिममा छन् । यता, श्रीलंका पनि नयाँ कप्तानको जिम्मेबारी पाएका चरिथ असलंकाको कप्तानीमा मैदान उत्रदैछ । श्रीलंका आफ्ना प्रमुख चार तीव्र गतिका बलर बिना नै मैदान उत्रदै छ ।
भारतलाई श्रीलंकाविरुद्ध एक सयौं खेल जित्ने लक्ष्यमा छ । दुई टिमबीच हालसम्म १ सय ६८ ओडिआई खेल भएका छन् । जसमा भारत ९९ खेलमा विजयी हुँदा श्रीलंकाले मात्र ५७ खेल जितेको छ । एक खेल बराबर हुँदा ११ खेल नतिजाबिहिनरुपमा सकिएको छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]