1 year ago
August 9, 2024
एजेन्सी – दुई खेलको टेस्ट सिरिजका लागि वेस्ट इन्डिज भ्रमणमा रहेको दक्षिण अफ्रिकाले दोस्रो दिन पनि आफ्नो ब्याटिङ जारी राखेको छ ।
वर्षाका कारण पहिलो दिनको खेल १५ ओभरको मात्र सम्भव भएको थियो । टस जितेर ब्याटिङ रोजेको पाहुना टोलीले दोस्रो दिनको खेल सकिदा ८ विकेट गुमाएर ३ सय ४४ रन बनाएको छ ।
दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बभुमा र ओपनर टोनी डि जोर्जीले अर्धशतक बनाए । कप्तान बभुमाले १ सय ८२ बलमा सर्वाधिक ८६ रन जोडे । ओपनर जोर्जीले १ सय ४५ बलमा ७८ रन बनाए ।
कायल भेरिनले ३९, ट्रिस्टन स्टम्सले २०, रायन रिकल्टनले १९, डेविड बेडिनहामले २९ रन जोडे । वायन मुल्दार ३७ तथा कागिसो रबडा १२ रनमा अविजित रहेका छन् ।
वेस्ट इन्डिजका लागि जमल वरिकेनले ३, किमार रोच र जयडेन सेल्सले समान २ तथा जेसन होल्डरले १ विकेट लिए ।
सिरिजको दोस्रो टेस्ट खेल १५ अगस्टबाट सुरु हुनेछ । दुई टोलीबीच २४ अगस्टबाट ३ खेलको टि ट्वान्टी सिरिज पनि रहेको छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]