1 year ago
August 11, 2024
एजेन्सी – वर्षाको प्रभावका कारण घरेलु टोली वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीचको पहिलो टेस्ट बराबरी तर्फ उन्मुख भएको छ । चौथो दिन शनिवारको खेल सकिदा दुवै टोलीको पहिलो इनिङको समाप्ती भएको छ ।
पाँचौ दिन पनि वर्षाको सम्भावना छ । यदी पाँचौ दिन पनि वर्षा भएमा खेल बराबरी तर्फ जानेछ । पहिलो इनिङमा घरेलु टोली २ सय ३३ रनमा अल आउट भएको थियो ।
पहिलो इनिङमा पाहुना टोलीले १ सय २४ रनको अग्रता कायम गरेको थियो । चौथो दिन नै दोस्रो इनिङको सुरुआत गरेको पाहुना टोलीले विना विकेटको क्षतिमा ३० रन जोडेको छ । र अग्रता १ सय ५४ रन बनाएको छ ।
दोस्रो इनिङको सुरुआत गरेको पाहुना टोली दक्षिण अफ्रिकाका लागि ओपनर टोनी डि जोर्जीले १४ रनमा अविजित रहँदा एडेन मारकम ९ रनमा अविजित रहेका छन् ।
पहिलो इनिङमा वेस्ट इन्डिजका लागि केसी कार्टीले ८१ बलमा ४२, कप्तान केग्री ब्रेथवेट र माईकाल लुईसले समान ३५ रन जोडे । जेसन होल्डरले ३६ तथा केभम हाड्ज २५ रन जोड्दा जमल वारिकेन ३५ रनमा अविजित रहेका छन् । दक्षिण अफ्रिकाका लागि केशव महाराजले ४ तथा कागिसो रबडाले ३ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाहुना टोली पहिलो इनिङमा ३ सय ५७ रनमा अल आउट भएको थियो ।
दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बभुमा र ओपनर टोनी डि जोर्जीले अर्धशतक बनाएका थिए । कप्तान बभुमाले १ सय ८२ बलमा सर्वाधिक ८६ रन जोडे । ओपनर जोर्जीले १ सय ४५ बलमा ७८ रन बनाए ।
कायल भेरिनले ३९, ट्रिस्टन स्टम्सले २०, रायन रिकल्टनले १९, डेविड बेडिनहामले २९ रन जोडे । वायन मुल्दार ४१ रनमा अविजित रहँदा कागिसो रबडा २१ रन बनाए।
वेस्ट इन्डिजका लागि जमल वरिकेनले ४, जयडेन सेल्सले ३, किमार रोचले २ तथा जेसन होल्डरले १ विकेट लिए ।
सिरिजको दोस्रो टेस्ट खेल १५ अगस्टबाट सुरु हुनेछ । दुई टोलीबीच २४ अगस्टबाट ३ खेलको टि ट्वान्टी सिरिज पनि छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]