1 year ago
August 11, 2024
एजेन्सी – नेदरल्यान्ड्सले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा क्यानडामाथि जित हात पारेको छ ।
आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समाअमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिज आइतवार सुरु भएको हो ।
नेदरल्यान्ड्सको स्पोर्टस पार्क डुइवेस्टिन, वूरबर्गमा भएको खेलमा घरेलु टोलीले ५ विकेटको जित हात पारेको हो ।
क्यानडाले दिएको १ सय ९५ रनको लक्ष्य घरेलु टोलीले ४५.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले अविजित रहँदै सर्वाधिक ७९ रन जोडे । उनले १ सय १९ बलमा ८ चौका प्रहार गरे ।
माइकल लेभिटले ५० बलमा ४५ रन जोड्दा विक्रमजित सिंहले ५० बलमा २९ रन बनाए । शरिज अहमद ८ रनमा अविजित रहे । क्यानडाका साद विन जाफरले ३ तथा जेरेमी गोर्डन र डिलोन हेलिङ्गरले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ४८.४ ओभरमा अल आउट हुँदै १ सय ९४ रन बनाएको थियो ।
क्यानडाका लागि विकेटकिपर श्रेयस मोभ्भाले सर्वाधिक ६५ रन जोडेका थिए । उनले ९० बलमा ६ चौका प्रहार गरेका थिए । हर्ष ठाकरले ३५, साद विन जाफरले २२, दिलप्रित बाज्वाले २५ रन जोडेका थिए ।
नेदरल्यान्ड्सका लागि काइल क्लेनले ४, पल भान मेकरमले ३ तथा भिभियन किंग्मा, आर्यन दत्त र माईकल लेभिटले समान १ विकेट लिए ।
जितसँगै ८ टोली सहभागी लिग टु को अंक तालिकामा नेदरल्यान्ड्स ६ अंकका साथ चौथो स्थानमा कायमै छ । पराजित क्यानडा ८ अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्यान्ड ९ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।
अंकतालिकामा २ अंकका साथ नेपाल छैटौं स्थानमा छ । लिग टुको शीर्ष चार टोलीले सन् २०२७ हुने ओडिआई विश्वकप छनोटमा स्थान बनाउने छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]