default_image

1 year ago

August 29, 2024

राष्ट्रिय यु १९ क्रिकेट कोशी प्रदेशमा हुने

1259 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- वाई वाई राष्ट्रिय यु१९ क्रिकेट प्रतियोगिता सेप्टेम्बर अक्टोबरमा कोशी प्रदेशमा आयोजना हुने भएको छ ।

नेपाल क्रिकेट संघ(क्यान) को बिहीवार बसेको बैठकले प्रतियोगिता कोशी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको छ ।

डिसेम्बरको पहिलो साता बंगलादेशमा हुने यु१९ एसिया कप तथा अप्रिलमा नेपालमा नै आयोजना हुने यु१९ विश्वकपको एसियाली छनोटका प्रतियोगिताको तयारी स्वरुप यस प्रतियोगिता रहेको छ ।

प्रतियोगितामा ७ प्रदेशको टोलीको समावेश रहने छ । प्रतियोगिताका खेलहरु ५० ओभरका हुनेछन् । यस्तै, क्यानले पहिलो पटक आयोजना गर्न लागेको एलिट कप अक्टोबरमा जनकपुर र विरगंजमा आयोजना हुने भएको छ ।

एलिट कपमा यसै वर्ष सम्पन्न प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको शीर्ष पुगेका चार टोली (त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, बागमती प्रदेश र मधेश प्रदेश) को बीचमा हुनेछ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.