1 year ago
September 28, 2024
एजेन्सी – दुई टेस्ट सिरिजका लागि श्रीलंका भ्रमणमा रहेको न्युजिल्यान्डले एकै दिनमा १३ विकेट गुमाएको छ ।
पहिलो इनिङमा दुई विकेट गुमाएको अवस्थामा तेस्रो दिनको खेल सुरु गरेको न्युजिल्यान्डले एकै दिन बाँकी ८ तथा दोस्रो इनिङको ५ विकेट गुमाएको हो ।
पहिलो इनिङमा ८८ रन मात्र बनाए पछि पाहुना टोली ५ सय १४ रनले पछि परेको थियो । घरेलु टोलीले फलोअन दिएपछि दोस्रो इनिङको सुरुवात गरेको न्युजिल्यान्डले तेस्रो दिनको खेल सकिदा ५ विकेट गुमाएर १ सय ९९ रन बनाएको छ ।
न्युजिल्यान्डका टम ब्लन्डल ४७ र ग्लेन फिलिप्स ३२ रनमा नट आउट छन् । त्यसअघि पहिलो इनिङमा पाहुना टोलीले ८८ रन मात्र बनाउन सक्यो ।
टोलीका लागि मिचेल स्यान्टेनले सर्वाधिक २९, ड्यारेल मिचेलले १३ तथा रचिन रविन्द्रले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
श्रीलंकाका लागि प्रबात जयसुर्याले ६ तथा निसान पेरिसले २ विकेट लिएका थिए।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]