1 year ago
September 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा लगातार चौथो बेहोरेको छ । क्यानडामा आजबाट सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १४ रनले हराएको छ ।
यसअघि नेपालले ओडिआई सिरिजमा क्यानडासँग २ तथा ओमानसँग १ खेलमा हारको सामना गरेको थियो।
क्यानडाको किंग सिटीमा शनिवार १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ रनमा समेटियो ।
कप्तान रोहित पौडेल कलिम सानाको बलमा बोल्ड हुनुअघि ३७ रन बनाए । कुशल मल्लले २२, सन्दीप लामिछानेले १० तथा देव खनालले १० रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
क्यानडाका कलिम सानाले ४, साद विन जाफरले ३ तथा प्रविण कुमार र अखिल कुमारले समान १ विकेट लिए ।त्यसअघि टस हारेर ब्याटिङको निम्ता पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनाएको थियो ।
क्यानडाका साद विन जाफरले १८ बलमा सर्वाधिक २३ रन बनाए । जाफर सन्दीपको बलमा कुशल मल्लबाट समातिए । श्रेयश मोभ्भाले २३ बलमा २२ रन बनाए । मोभ्भा सन्दीपको बलमा बोल्ड आउट भएका थिए ।
प्रविन कुमारले १३ बलमा १९ रन बनाउँदै सोमपाल कामीद्वारा बोल्ड आउट भए ।
नेपालका लागि तीव्र गतिका बलर सोमपालले एकै ओभरमा ओभरमा २ महत्वपूर्ण विकेट लिएका थिए । सोमपालले आफ्नो पहिलो ओभरमा नै दुई विकेट लिएका थिए । आफ्नो पहिलो ओभरको तेस्रो बलमा नवनित धालीवाललाई १३ तथा अन्तिम बलमा दिलप्रित बाज्वालाई १४ आउट गराएका थिए ।
त्यसअघि अर्का तीव्रगतीका बलर रिजन ढकालले टि ट्वान्टी आई डेब्यु खेलमा नै विकेट लिएका थिए । क्यानडाविरुद्धको यसै खेलमा रिजनले टि ट्वान्टी डेब्यु गरेका थिए ।
रिजनले क्यानडाका ओपनर आरोन जोनसनलाई ९ बलमा ९ रन बनाउँदा आउट गराएका हुन् । रिजनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा नै विकेट लिन सफल भएका हुन् । जोनसनलाई रिजनले कप्तान रोहितको हातबाट क्याच आउट गराएका थिए ।
नेपालका लागि सन्दीप र सोमपालले समान ३ तथा रिजन ढकाल र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।
सिरिजमा नेपाल र क्यानडाका साथै ओमानको पनि सहभागिता रहेको छ ।
नेपालले दोस्रो खेलमा आइतवार ओमानको सामना गर्दा तेस्रो खेलमा मंगलवार क्यानडासँग खेल्नेछ । चौथो खेलमा नेपालले बुधवार फेरि ओमानको सामना गर्नेछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]