default_image

1 year ago

October 7, 2024

भारतसँग पाकिस्तान पराजित

938 views

0 Bookmark

एजेन्सी – युएईमा जारी महिला टि ट्वान्टी विश्वकपमा भारतले पाकिस्तानलाई पराजित गरेको छ ।

दुबईमा आइतवार भएको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । १ सय ६ रनको लक्ष्य भारतले १८.५ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

भारतका लागि शेफाली बर्माले सर्वाधिक ३२ तथा कप्तान हरमनप्रित कौरले २९ रन बनाए । पाकिस्तानका लागि फतिमा सानाले २ तथा सदिया इकवाल र ओमैमा सोहेलले समान १ विकेट लिए ।

पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भारत पहिलो जितका साथ चौथो स्थानमा छ । पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको पाकिस्तान तेस्रो स्थानमा छ ।

आइतवार नै भएको विश्वकपको अर्को खेलमा वेस्ट इन्डिजले स्कटल्यान्डमाथि जित हात पारेको छ । दुबईमा भएको खेलमा वेस्ट इन्डिजले ६ विकेटको जित हात पार्यो । १ सय रनको लक्ष्य वेस्ट इन्डिजले ११.४ ओभरमा पूरा गर्यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनाएको थियो ।

समूह बी मा रहेको वेस्ट इन्डिज पहिलो जित सहित समूहको शीर्ष स्थानमा उक्लिएको छ । लगातार दुई खेलमा पराजित स्कटल्यान्ड तालिकाको पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.