1 year ago
October 9, 2024
काठमाडौं(हाम्रो खेलकुद) – अर्को महिना हुने १९औं द हङकङ क्रिकेट सिक्सेसमा बलियो नेपाली टोलीले सहभागिता जनाउने भएको छ ।
नेपालको मुख्य टोली अमेरिकामा विश्वकप लिग टुको खेलमा व्यस्त रहने हुँदा दोस्रो रोजाइको बलियो नेपाली टोली प्रतियोगिताका लागि पठाइने नेपाल क्रिकेट संघ(क्यान) का प्रवक्ता छुम्बी लामाले बताए ।
‘हाम्रो मुख्य टोली त्यस समयमा अमेरिकामा हुने विश्वकप लिग टुमा व्यस्त रहने छ । प्रतियोगितामा नेपालले दोस्रो रोजाइको भए पनि बलियो टोली पठाउने छ,’ प्रवक्ता लामाले हाम्रो खेलकुदलाई भने ‘टिम छनोटका लागि दशैं पछि नै हामी बन्द प्रशिक्षण सुरु गर्नेछौं । त्यहाँबाट प्रतियोगिताका लागि बलियो ७ सदस्यीय टोली तयार गरिनेछ ।’
द हङकङ क्रिकेट सिक्सेस आज जारी गरेको समूह विभाजनमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्यान्डसँग समूहमा ‘बी’मा परेको छ । बुधवार नै प्रतियोगिताको खेल तालिका जारी भएको थियो ।
प्रतियोगितामा नेपालको पहिलो खेलमा इङ्ग्ल्यान्डसँग कात्तिक १६ गते रहेको छ । नेपालले दोस्रो खेल कात्तिक १७ मा अस्ट्रेलियासँग खेल्नेछ । हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलका लागि छनोट हुनेछन् ।
प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल कात्तिक १८ गते हुनेछ । प्रतियोगितामा १२ राष्ट्रको सहभागिता रहेको छ । सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ ए’ मा साविक दक्षिण अफ्रिका, न्युजिल्यान्ड र हङकङ छन्। समूह ‘सी’ मा भारत, पाकिस्तान र युएई तथा समूह ‘डी’ मा श्रीलंका, बंगलादेश र ओमान छन् ।
सन् २०१७ मा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका च्याम्पियन बनेको थियो । प्रतियोगिताका खेलहरुमा हरेक टोलीबाट ६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]