default_image

1 year ago

October 15, 2024

एनपिएल गराउनु कानुनविपरीत भएको अख्तरको दाबी

2699 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) सुरु हुन अब डेढ महिना बाँकी छ।

मंसिर १६ गते सुरु हुने एनपिएलका लागि ८ टोलीको घोषणा, मार्की खेलाडी र नेपाली खेलाडीको अक्सन सकिसकेको छ । कतिपय टोलीले प्रशिक्षक नियुक्त गरिसकेका छन्।

यस्तोमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी आमिर अख्तरले नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता रहेको दाबी गर्दै मंगलवार क्यानलाई पत्र लेखेका छन्।

उनले आफ्नो नाममा कम्पनी दर्ता भएको बताउँदै त्यसको नामसारी गर्न क्यानलाई पत्राचार गरेका छन्।
अख्तरले एनपिएल क्यानले गराउनु कानुनविपरीत भएको पनि दाबी गरेका छन्। 

आफू र क्यानबीच आपसी सहमति र सम्झौतामा एनपिएल गर्न अनुरोध गर्दै अख्तरले सात दिनभित्र आवश्यक प्रक्रिया पुर्‍याएर एनपिएल क्यानको नाममा नामसारी गर्न अल्टिमेटम पनि दिएका थिए। 

अख्तरले सन् २०१४ मा धनगढीमा एनपिएल गराएका थिए । तर त्यो विवादरहित रहेन । क्यान आफैले लिग गर्नुपर्ने आवाज उठेपछि अख्तरले एभरेस्ट प्रिमियर लिग (इपिएल) को नाममा अर्को लिग आयोजना गरेका थिए।

यद्यपि क्यानले अख्तरको दाबीलाई हास्यास्पद बताएको छ‌। क्यानका प्रवक्ता छुम्बी लामाले कम्पनीको रजिस्टरमा दर्ता भएको एउटा कम्पनीले नेपालभित्र क्रिकेट गतिविधि सञ्चालन गर्ने अधिकार भएको क्यानसँग नाम मिलेको दाबी गर्न सक्दैन ।

‘नेपालमा हुने क्रिकेट गतिविधि सञ्चालनको अधिकार क्यानमा छ। कुन नाममा कस्तो खालको प्रतियोगिताको गर्ने अधिकार क्यानको हो,’ लामाले भने, ‘ एनपिएल क्यानले आयोजना गर्ने भएकाले कम्पनीमा दर्ता गर्नु पर्दैन। क्यान आइसिसीको एसोसिएट सदस्य, एसिसीको सदस्य, नेपाल सरकार, खेलकुद मन्त्रालयअन्तर्गत राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको नेपालको क्रिकेट विकासको नियमनकारी संस्था हो। एनपिएलका सबै गतिविधि क्यानअन्तर्गत हुने भएकाले कम्पनीमा दर्ता गर्नु पर्दैन। नाम मिल्नु र प्रतियोगिता आयोजनाको‌ अधिकार राख्नु फरक विषय हो।’

लामाले एनपिएलको ट्रेडमार्क क्यानको नाममा रहेको बताएका छन्। अख्तरले उठाएको विषयमा कुनै ठोस तर्क नरहेको जनाउँदै लामाले क्यानले यसमा छलफल भने गर्ने बताएका‌ छन्।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.