1 year ago
October 16, 2024
एजेन्सी – घरेलु टोली श्रीलंकाले दोस्रो टि ट्वान्टी आईमा वेस्ट इन्डिजमाथि फराकिलो जित हासिल गरेको छ । दाम्बुलामा मंगलवार भएको खेलमा घरेलु टोली ७३ रनले विजयी भएको हो ।
यो जितसँगै घरेलु टोलीले ३ टि ट्वान्टी आई सिरिजमा १-१ को बराबरी गरेको छ । पहिलो टि ट्वान्टी पाहुना टोलीले ५ विकेटले जितेको थियो ।
१ सय ६३ रनको मध्यम लक्ष्य पछ्याएको भ्रमणकारी टोलीले १६.१ ओभरमा अल आउट हुदै ८९ रन बनाउन सक्यो । वेस्ट इन्डिजका लागि कप्तान रोभमन पावेलले १७ बलमा सर्वाधिक २०, अल्जारी जोसेफले १० बलमा १६ तथा शेरफन रादरफोर्डले १६ बलमा १४ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
घरेलु टोलीका लागि दुनिथ विलालागेले ३, वानिन्दु हसरंगा, महेश थिक्सेना र चरिथ असालंकाले समान २ तथा मथिशा पथिरानाले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । ओपनर पथुम निशंकाले ४९ बलमा ९ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ५४, कुशल मेन्डिशले २५ बलमा २६ तथा कुशल परेराले १६ बलमा २४ तथा कमिन्डु मेन्डिसले १४ बलमा १९ रन बनाए ।
पाहुना टोलीका लागि रोमारियो शेफर्डले २ तथा अल्जारी जोसेफ,शेमार जोसेफ र शेमार स्र्पिगरले समान १ विकेट लिए । दुई टोलीबीचको तेस्रो तथा निर्णायक टि ट्वान्टी बिहीवार रहेको छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]