default_image

1 year ago

October 17, 2024

भारत ४६ रनमा नै अल आउट

1236 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डसँगको पहिलो टेस्टको पहिलो इनिङमा भारत ४६ रनमा नै अल आउट भएको छ । न्युजिल्यान्ड ३ टेस्ट सिरिजका लागि भारत भ्रमणमा रहेको छ ।

वर्षाका कारण पहिलो दिनको खेल पूर्ण रुपले प्रभावित भएकोले दोस्रो दिन बिहीवार मात्र टस सम्भव भएको थियो । भारतको बेंगलुरुमा टस जितेर ब्याटिङ सुरुवात गरेको घरेलु टोली पहिलो इनिङमा ४६ रनमा समेटियो ।

घरेलु टोलीका लागि २ ब्याटर बाहेक अन्यले दोहोरो अंक रन जोड्न नसक्दा ४ खेलाडीले रनको खाता नै खोल्न सकेनन् ।

भारतको टेस्ट इतिहासमा कुनै पनि इनिङमा बनेको यो तेस्रो कम योगफल हो । पहिलो इनिङमा भारतले बनाएको यो सबैभन्दा कमको योगफल हो ।

घरेलु टोलीका लागि विकेट किपर ब्याटर रिषभ पन्तले सर्वाधिक २० तथा ओपनर यशस्वी जैसवालले १३ रन जोडे । मोहम्मद सिराज ४ रनमा नट आउट रहे । भ्रमणकारी टोलीका लागि म्याट हेनरी १३.२ ओभरमा १५ रन खर्चिएर ५ विकेट लिए । विलियम ओरोर्कले ४ तथा टिम साउथीले १ विकेट लिए ।

आजनै पहिलो इनिङको सुरुवात गरेको पाहुना टोलीले दोस्रो दिनको खेल सकिँदा ३ विकेट गुमाएर १ सय ८० रन बनाएको छ । पाहुना टोलीका रचिन रविन्द्र २२ तथा ड्यारिल मिचेल १४ रनमा क्रिजमा छन् । त्यसअघि ओपनर डेभन कन्वेले सर्वाधिक ९१, विल योंगले २९ तथा कप्तान टम लाथमले १५ रन जोडेका थिए ।

घरेलु टोलीका लागि रविचन्द्रन आश्विन, रविन्द्र जडेजा र कुलदिप यादवले समान १ विकेट लिए । पाहुना टोलीले दोस्रो दिनको खेल सकिदा पहिलो इनिङमा १ सय ३४ रनको अग्रता कायम गरिसकेको छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.