1 year ago
October 20, 2024
एजेन्सी – न्युजिल्यान्डले भारतसँगको पहिलो टेस्टमा ८ विकेटले जित हात पारेको छ । ३ टेस्ट सिरिजमा न्युजिल्यान्डले १-० को अग्रता बनाएको छ ।
न्युजिल्यान्डले भारतमाथि सन् १९८८ को नोभेम्बर पछि पहिलो पटक घरमै पराजित गरेको हो । पाँचौं तथा अन्तिम दिन आइतवार १ सय ७ रनको सामान्य लक्ष्य न्युजिल्यान्डले २ विकेट गुमाएर पूरा गर्यो । टोलीका विल योंगले ४८ तथा रचिन रविन्द्रले ३९ रन बनाए । भारतका लागि जसप्रित बुमराहले २ विकेट लिए ।
सरफराज खानको शतकका बाबजुद भारतले पाहुना न्युजिल्यान्डलाई सामान्य लक्ष्य दिएको थियो । भारत पहिलो इनिङमा ३ सय ५६ रनले पछि परेको थियो । दोस्रो इनिङमा घरेलु भारतले ४ सय ६२ रन मात्र जोडेपछि न्युजिल्यान्डले सामान्य लक्ष्य पाएको हो ।
सुरुवात राम्रो गरेको भारतका लागि मध्यक्रमका ब्याटर चल्न सकेनन् । घरेलु टोलीले ४ सय ८ रनमा ३ विकेट गुमाएको अवस्थाबाट ५४ रन जोड्दा बाँकी ७ विकेट गुमायो ।
घरेलु टोलीका लागि सरफराजले १ सय ५०, ऋषभ पन्तले ९९, विराट कोहलीले ७० तथा कप्तान रोहित शर्माले ५२ रन जोडे । न्युजिल्यान्डका रचिन रविन्द्रको शतक सहयोगमा पाहुना टोलीले पहिलो इनिङमा फराकिलो अग्रता कायम गरेको थियो ।
३ टेस्ट सिरिजका लागि भारत भ्रमणमा रहेको न्युजिल्यान्डले पहिलो इनिङमा ३ सय ५६ रनको अग्रता लिएको थियो । पहिलो इनिङमा पाहुना टोलीका लागि म्याट हेनरी र विलियम ओरोर्कले समान ३, अजाज पटेलले २ तथा टिम साउथी र ग्लेन फिलिप्सले समान १ विकेट लिए ।
त्यसअघि वर्षाका कारण पहिलो दिनको खेल पूर्ण रुपले प्रभावित भएकोले दोस्रो दिन मात्र टस सम्भव भएको थियो । भारतको बेंगलुरुमा टस जितेर ब्याटिङ सुरुवात गरेको घरेलु टोली पहिलो इनिङमा ४६ रनमा समेटियो ।
भारतको टेस्ट इतिहासमा कुनै पनि इनिङमा बनेको यो तेस्रो कम योगफल हो । पहिलो इनिङमा भारतले बनाएको यो सबैभन्दा कमको योगफल हो । भ्रमणकारी टोलीका लागि म्याट हेनरी १३.२ ओभरमा १५ रन खर्चिएर ५ विकेट लिए । विलियम ओरोर्कले ४ तथा टिम साउथीले १ विकेट लिए ।
दोस्रो इनिङमा पाहुना टोलीले ४ सय २ रन बनाउँदै ३ सय ५६ रनको अग्रता लिएको थियो । दुई देश बीचको दोस्रो टेस्ट आगामी बिहीवारबाट पुनेमा सुरु हुनेछ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]