default_image

1 year ago

October 20, 2024

न्युजिल्यान्डले भारतलाई हरायो

592 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डले भारतसँगको पहिलो टेस्टमा ८ विकेटले जित हात पारेको छ । ३ टेस्ट सिरिजमा न्युजिल्यान्डले १-० को अग्रता बनाएको छ ।

न्युजिल्यान्डले भारतमाथि सन् १९८८ को नोभेम्बर पछि पहिलो पटक घरमै पराजित गरेको हो । पाँचौं तथा अन्तिम दिन आइतवार १ सय ७ रनको सामान्य लक्ष्य न्युजिल्यान्डले २ विकेट गुमाएर पूरा गर्यो । टोलीका विल योंगले ४८ तथा रचिन रविन्द्रले ३९ रन बनाए । भारतका लागि जसप्रित बुमराहले २ विकेट लिए ।

सरफराज खानको शतकका बाबजुद भारतले पाहुना न्युजिल्यान्डलाई सामान्य लक्ष्य दिएको थियो । भारत पहिलो इनिङमा ३ सय ५६ रनले पछि परेको थियो । दोस्रो इनिङमा घरेलु भारतले ४ सय ६२ रन मात्र जोडेपछि न्युजिल्यान्डले सामान्य लक्ष्य पाएको हो ।

सुरुवात राम्रो गरेको भारतका लागि मध्यक्रमका ब्याटर चल्न सकेनन् । घरेलु टोलीले ४ सय ८ रनमा ३ विकेट गुमाएको अवस्थाबाट ५४ रन जोड्दा बाँकी ७ विकेट गुमायो ।

घरेलु टोलीका लागि सरफराजले १ सय ५०, ऋषभ पन्तले ९९, विराट कोहलीले ७० तथा कप्तान रोहित शर्माले ५२ रन जोडे । न्युजिल्यान्डका रचिन रविन्द्रको शतक सहयोगमा पाहुना टोलीले पहिलो इनिङमा फराकिलो अग्रता कायम गरेको थियो ।

३ टेस्ट सिरिजका लागि भारत भ्रमणमा रहेको न्युजिल्यान्डले पहिलो इनिङमा ३ सय ५६ रनको अग्रता लिएको थियो । पहिलो इनिङमा पाहुना टोलीका लागि म्याट हेनरी र विलियम ओरोर्कले समान ३, अजाज पटेलले २ तथा टिम साउथी र ग्लेन फिलिप्सले समान १ विकेट लिए ।

त्यसअघि वर्षाका कारण पहिलो दिनको खेल पूर्ण रुपले प्रभावित भएकोले दोस्रो दिन मात्र टस सम्भव भएको थियो । भारतको बेंगलुरुमा टस जितेर ब्याटिङ सुरुवात गरेको घरेलु टोली पहिलो इनिङमा ४६ रनमा समेटियो ।

भारतको टेस्ट इतिहासमा कुनै पनि इनिङमा बनेको यो तेस्रो कम योगफल हो । पहिलो इनिङमा भारतले बनाएको यो सबैभन्दा कमको योगफल हो । भ्रमणकारी टोलीका लागि म्याट हेनरी १३.२ ओभरमा १५ रन खर्चिएर ५ विकेट लिए । विलियम ओरोर्कले ४ तथा टिम साउथीले १ विकेट लिए ।

दोस्रो इनिङमा पाहुना टोलीले ४ सय २ रन बनाउँदै ३ सय ५६ रनको अग्रता लिएको थियो । दुई देश बीचको दोस्रो टेस्ट आगामी बिहीवारबाट पुनेमा सुरु हुनेछ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.