1 year ago
October 27, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल अमेरिकामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा घरेलु टोलीविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
टेक्सासको ग्राण्ड प्रेरी स्टेडियममा टस जितेर अमेरिकाका कप्तान मोनांक पटेलले बलिङ रोजे पछि नेपालले पहिला ब्याटिङ गर्दैछ ।
सिरिजमा नेपाल र घरेलु टोली अमेरिकाका अलावा स्कटल्याण्डको पनि सहभागिता रहेको छ ।
नेपाललेसन् २०२७ सम्म चल्ने विश्व कप लिग टुमा ९ वटा त्रिकोणात्मक सिरिज खेल्नेछ । यो नेपालको तेस्रो सिरिज हो । यस अघिका दुई सिरिजमा नेपालले ८ खेल खेलिसकेको छ । जसमा ६ मा हार, १ मा जित तथा १ खेल रद्द हुँदा ३ अंकका साथ सातौं स्थानमा छ ।
अमेरिका भने ९ खेलमा ६ जित र ३ हारका साथ तालिकामा १२ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।
नेपालको प्लेइङ-११
अनिल शाह, कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]