1 year ago
October 28, 2024
डालस, (हाम्रो खेलकुद) – नेपाल आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँग ३ विकेटले पराजित भएकोछ । जित्नलाई २ सय ८७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
अमेरिकाको जितमा ओपनर शयान जहाजिंगरले ९७ बलमा १२ चौका र ४ छक्कासहित सर्वाधिक १०४ रनको शतकीय इनिङ खेले । उनले विश्वकप छनोट २०२३ मा जिम्बावेमा नेपालविरुद्ध पनि शतक हानेका थिए ।
कप्तान मोनांक पटेल ७६ बलमा ५ चौकासहित ६२ रनमा आउट भए । दोस्रो विकेटलाई मोनांक पटेल र शयानले १६१ रनको साझेदारी गर्दै बलियो अवस्थामा पुर्याए ।
मानांकलाई २९ औं ओभरको पाँचौं बलमा ललित राजवंशीले बोल्ड आउट गर्दा अमेरिका १६५-२ को अवस्थामा थियो । त्यसपछि कुशल भुर्तेलले शयानलासँगै साइतेजा मुकामल्लालाई ११, मिलिन्द कुमारलाई ५ र सन्जय कृष्णमुर्तीलाई शून्यमा आउट गरेपछि अमेरिका १९७-६ को अवस्थामा पुगेको थियो ।

तर सातौं विकेटका लागि हरमित र शाड्लीले ७१ रनको महत्वपूर्ण साझेदारी गरेपछि नेपाल पराजित भयो । हरमित सिंहले ४४ बलमा ६ चौका र २ छक्कासहित ५७ रन जोडे । विजयी छक्का हानेका शाड्ली २७ र जसदीप सिंह ११ रनमा नटआउट रहे ।
नेपालका कुशल भुर्तेलले ६ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले २ र ललित राजवंशीले १ विकेट लिए ।
त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा अल आउट हुँदै २८६ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले ७५ बलमा ८ चौका र ३ छक्कासहित ९६ रनको इनिङ खेलेका थिए ।
ओपनर आसिफ शेख ५३ बलमा ७ चौका र १ छक्कासहित ५२ तथा अनिल साह ६२ बलमा ५ चौकासहित ५६ रनमा आउट भए ।
नेपाललाई ओपनर अनिल साह र आसिफ शेखले १५.४ ओभरमा ९८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएपनि त्यसपछि रोहित बाहेक अन्य ब्याटरले राम्रो गर्न सकेनन् ।
कुशल भुर्तेल ११, आरिफ शेख ३७, दीपेन्द्रसिंह ऐरी १३, गुल्सन झा १ र सोमपाल कामी २ रनमा आउट भए । अमेरिका स्पिनर नोष्थुश केन्जिगेले १० ओभरमा ५२ रन खर्चेर ४ विकेट लिए । हरमीत सिह, शाड्ली भान शाक्ली र जसदीप सिंहले १-१ विकेट लिए । नेपालले अव मंगलबार स्कटल्यान्डसँग खेल्नेछ ।
नेपाल लिग २ मा ९ खेलमा ७ मा हार, १ मा जित र १ खेलमा अंक विहीन हुँदै ३ अंकका साथ सातौं स्थानमा छ । अमेरिका १० खेलमा ७ मा जितसहित १४ अंकका साथ दोस्रो स्थानमा छ । क्यानडा १२ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]