1 year ago
October 31, 2024
काठमाडौं(हाम्रो खेलकुद) – २०औं द हङकङ सिक्सेस प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रवार नेपालले इङ्ग्ल्याण्डको सामना गर्दैछ ।
खेल मिसन रोड ग्राउण्डमा नेपाली समय अनुसार शुक्रवार बिहान ७ः१० बजे सुरु हुनेछ । ३ पटकको च्याम्पियन इङ्ग्ल्याण्डसँग प्रतियोगितामा पहिलो पटक सहभागी नेपालले खेल्न लागेको हो ।
खेलमा इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपाली टोली सन्दीप जोराको कप्तानीमा रहेको छ ।
प्रतियोगितामा नेपाल समूह बीमा अस्ट्रेलिया र इङ्ग्ल्याण्डसँग रहेको छन् । प्रतियोगितामा नेपालको दोस्रो खेल अस्ट्रेलियासँग कात्तिक १७ गते रहेको छ । प्रतियोगितामा १२ टोलीको सहभागीता रहेको छ । सहभागी १२ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा साविक विजेता दक्षिण अफ्रिका, न्युजिल्यान्ड र हङकङ तथा समूह बी मा नेपाल, इङ्ग्ल्याण्ड र अस्ट्रेलिया रहेका छन् ।
समूह ‘सी’ मा भारत, पाकिस्तान र युएई तथा समूह डी मा श्रीलंका, बंगलादेश र ओमान छन् । हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलका लागि छनोट हुनेछन् ।
प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल कात्तिक १८ गते हुनेछ । सन् २०१७ मा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विजेता बनेको थियो । प्रतियोगिताका खेलहरुमा हरेक टोलीबाट छ खेलाडी सहभागी हुनेछन् ।
सिक्सेस क्रिकेटका नियमहरु :
१) एक टिमबाट प्रत्येक खेलमा ६ खेलाडीले सहभागीता जनाउनेछन् ।
२) फिल्डिङ टोलीका विकेटकिपर बाहेकका हरेक सदस्यले एक ओभर बलिङ गर्ने छन् ।
३) प्रत्येक वाइड र नो-बलमा टिमले समान २ रन दिइने छ ।
४) ६ विकेट झरेपछि एक इनिङ समाप्त हुनेछ ।
५) एउटा ब्याट्सम्यानले नट आउट ३१ रन बनाए पछि रिटार्यट आउट लिन सक्नेछ । तल्लो क्रमका ब्याट्सम्यानले रिटायर्ट वा आउट भएपछि उसले फेरी क्रिजमा फर्किन सक्छन् ।
इङ्ग्ल्याण्डको टोली – रवि भोपारा(कप्तान), एलेक्स डेभिल्स, इडि बर्नाड, इथान ब्रुक्स, जोर्डन थम्पसन र स्मिथ पटेल
नेपाली टोली – सन्दीप जोरा(कप्तान), लोकेश बम, नारायण जोशी, दिपेन्द्र रावत, प्रतिस जिशी, राशिद खान र विवेक यादव मुख्य प्रशिक्षक – ज्ञानेन्द्र मल्ल
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]