1 year ago
November 2, 2024
काठमाडौं(हाम्रो खेलकुद) – द हङकङ सिक्सेसमा नेपालले क्वाटरफाइनलमा श्रीलंकाको सामना गर्ने भएको छ ।
नेपाली टोलीले सेमिफाइनल प्रवेशका लागि नेपाली समय अनुसार दिउँसो १ः३५ बजे खेल्दैछ ।
क्वाटरफाइनलमा ‘बी’ २ टोलीले ‘डी’ १ टोलीसँग खेल्ने प्रतियोगिता नियमावलीमा उल्लेख छ। समूह ‘बी’ को सुरुवाती सिडिङमा ‘बी’ २ मा इङ्ग्ल्याण्ड थियो ।
इङ्ग्ल्याण्ड क्वाटरफाइनल पुग्न असफल भएपछि नेपालले ‘बी’ २ को स्थान लिएको थियो ।
‘डी’ १ मा भने श्रीलंका रहेको थियो । त्यससैले समूह बी को विजेता भए पनि नेपाल श्रीलंकाले खेल्नुपर्ने भएको हो। श्रीलंका समूह ‘डी’ को विजेताका रुपमा क्वाटरफाइनलमा पुगेको हो।
समूह ‘बी’ मा नेपालले इङ्ग्ल्याण्ड र अस्ट्रेलियालाई पराजित गरेको थियो ।
शुक्रवार इङ्ग्ल्याण्डलाई ६ विकेटले हराएको नेपालले शनिवार अस्ट्रेलियालाई ११ रनले पराजित गरेको थियो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]