1 year ago
November 9, 2024
सुमन अधिकारी,बुटवल
रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको २५ औं संस्करण शनिवारबाट भैरहवामा सुरु भएको छ । सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी छन् ।
यसपटक नेपाल सुपरलिगका कारण दुईचरणमा सुपरलिग हुनेछ । पहिलो चरणमा कात्तिक २४ देखि मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुने छन् भने ‘ए’ डिभिजनका खेलहरु नेपाल सुपरलिग पछि आयोजना हुने बताइएको छ।
रुपन्देही क्रिकेट संघको आयोजनामा सुरु भएको प्रतियोगिताको डिभिजन ‘बी’ अन्तर्गतको उद्घाटन खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले नेपथ्य ज्ञानोदय क्रिकेट क्लबलाई ९ विकेटले पराजित गर्यो ।
सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपथ्यले निर्धारित ५० ओभरको खेलमा २०.१ ओभरमा खेल्दै सबै विकेट गुमाई ५७ रनको झिनो योगफल बनायो । टोलीका भुवन गैरेले १६ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
नेपथ्यलाई झिनो स्कोरमा रोक्ने क्रममा स्टार बलर शुभम खनाल र नरबहादुर सार्कीले समान ४ विकेट लिए । यस्तै, निरज मौर्य र बिजवल बश्यालले समान १ विकेट हात पारे ।
जवाफी ब्याटिङ गरेको स्टार क्रिकेटले ९.२ ओभर १ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । टोलीका आयन खानले २३ तथा राहुल नाउले नटआउट १३ र कृष्ण विकले अविजित ११ रन बनाएका हुन् ।
बलिङमा नेपथ्यका सन्तोष क्षेत्रीले १ विकेट लिए । स्टारका नरबहादुर सार्की प्लेयर अफ द म्याच घोषित भए ।
प्रतियोगिताको विजेता टोलीले १ लाख १ रुपैयाँ र दोस्रो ५० हजार १ रुपैयाँ सहित ट्रफी, मेडल प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको प्लेयर अफ द म्याचले १ हजार २ सय रुपैयाँ, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले समान ५ हजार रुपैयाँ पाउने छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले गरेका थिए।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]