1 year ago
November 9, 2024
सुमन अधिकारी,बुटवल
रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको २५ औं संस्करण शनिवारबाट भैरहवामा सुरु भएको छ । सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी छन् ।
यसपटक नेपाल सुपरलिगका कारण दुईचरणमा सुपरलिग हुनेछ । पहिलो चरणमा कात्तिक २४ देखि मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुने छन् भने ‘ए’ डिभिजनका खेलहरु नेपाल सुपरलिग पछि आयोजना हुने बताइएको छ।
रुपन्देही क्रिकेट संघको आयोजनामा सुरु भएको प्रतियोगिताको डिभिजन ‘बी’ अन्तर्गतको उद्घाटन खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले नेपथ्य ज्ञानोदय क्रिकेट क्लबलाई ९ विकेटले पराजित गर्यो ।
सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपथ्यले निर्धारित ५० ओभरको खेलमा २०.१ ओभरमा खेल्दै सबै विकेट गुमाई ५७ रनको झिनो योगफल बनायो । टोलीका भुवन गैरेले १६ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
नेपथ्यलाई झिनो स्कोरमा रोक्ने क्रममा स्टार बलर शुभम खनाल र नरबहादुर सार्कीले समान ४ विकेट लिए । यस्तै, निरज मौर्य र बिजवल बश्यालले समान १ विकेट हात पारे ।
जवाफी ब्याटिङ गरेको स्टार क्रिकेटले ९.२ ओभर १ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । टोलीका आयन खानले २३ तथा राहुल नाउले नटआउट १३ र कृष्ण विकले अविजित ११ रन बनाएका हुन् ।
बलिङमा नेपथ्यका सन्तोष क्षेत्रीले १ विकेट लिए । स्टारका नरबहादुर सार्की प्लेयर अफ द म्याच घोषित भए ।
प्रतियोगिताको विजेता टोलीले १ लाख १ रुपैयाँ र दोस्रो ५० हजार १ रुपैयाँ सहित ट्रफी, मेडल प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको प्लेयर अफ द म्याचले १ हजार २ सय रुपैयाँ, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले समान ५ हजार रुपैयाँ पाउने छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले गरेका थिए।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]