default_image

1 year ago

November 11, 2024

इङ्ग्ल्याण्डको लगातार दोस्रो जित

534 views

0 Bookmark

एजेन्सी – पाहुना टोली इङ्ग्ल्याण्डले वेस्ट इण्डिजमाथि लगातार दोस्रो टि ट्वान्टी आई खेलमा जित हासिल गरेको छ ।

इङ्ग्ल्यान्डले घरेलु टोलीलाई सोमवार बिहान सकिएको खेलमा‌ ७ विकेटले हरायो । इङ्ग्ल्यान्डले ५ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ ।

१ सय ५९ रनको लक्ष्य इङ्ग्ल्याण्डले १४.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । टोलीका कप्तान जोस बटलरले ४५ बलमा ८ चौका र ६ छक्काको सहयोगमा ८३ रन जोडे ।

विल ज्याक्सले २९ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३८, लियम लिभिङस्टोनले ११ बलमा २३ तथा ज्याकोब बेथहेलले नट आउट ३ रन बनाए ।

इङ्ग्ल्याण्डका लागि अघिल्लो खेलमा शतक बनाएका फिल साल्ट भने इनिङको पहिलो बलमा नै आउट भएका थिए । वेस्ट इण्डिजका लागि रोमारिया शेफर्डले २ तथा अकिल होसेनले १ विकेट लिए ।

त्यसअघि बारबाडोसको किंग्सटन ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रनको योगफल तयार गरेको थियो ।

वेस्ट इण्डिजका कप्तान रोभमन पावेलले ४१ बलमा २ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ४३, रोमारियो शेफर्डले १२ बलमा २२, निकोलस पुरनले २३ बलमा १४ तथा म्याथ्यु फोर्ड र रोस्टन चेसले समान १३ रन बनाएका थिए ।

इङ्ग्ल्याण्डका डान मौस्ले, सकिब मोहम्मद र लियम लिभिङ्स्टोनले समान २ तथा जोफ्रा आर्चर र आदिल राशिदले समान १ विकेट लिए । दुई देश बीचको तेस्रो टि ट्वान्टी आई शुक्रवार रहेको छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.