1 year ago
November 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी ८ टोली तयारीमा जुट्न सुरु भईसकेको छ । ८ टोलीले विदेशी खेलाडी आफ्नो टोलीमा भित्र्याउने क्रम अन्तिम रुपमा पुर्याएका छन् ।
एनपिएलको नियम अनुसार सहभागी टिमले ४ विदेशी खेलाडी प्लेईङ-११ मा राख्नै पर्ने नियम रहेको छ । यसै नियममा रहेर टिमहरुले विदेशी खेलाडी धमाधम आफ्नो टोलीमा भित्र्याइरहेका छन् । सहभागी टोलीले न्यूनतम ४ र अधिकतम ६ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउँछन् ।
हालसम्म विभिन्न टोलीमा १६ देशका ३४ विदेशी खेलाडी अनुबन्ध भइसकेका छन् । पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स र विराटनगर किंग्सले समान ५, सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, कर्णाली याक्स र काठमाडौं गुर्खाजले समान ४ तथा लुम्बिनी लायन्सले ३ विदेशी खेलाडी अनुबन्ध गरेको छ ।
पोखराले ६ खेलाडीको नाम घोषणा गरेपनि वेस्ट इन्डिजका एन्डरसन फिलिप नआउने भएका छन् । उनको स्थानमा पोखराले रेमन राइफर अनुबन्ध गरिसकेको छ ।
कुन देशबाट कति खेलाडी ?
इङ्ग्ल्याण्ड – ६ जना
अमेरिका – ४ जना
न्युजिल्याण्ड, स्कटल्याण्ड, पाकिस्तान – ३ जना
वेस्ट इण्डिज, नामिबिया, नेदरल्याण्ड्स र अफगानिस्तान – २ जना
भारत, हङकङ, युएई, अस्ट्रेलिया, ओमान, क्यानडा, दक्षिण अफ्रिका – १ जना
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपिएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
विभिन्न टोलीमा आबद्ध भएका विदेशी खेलाडी यस प्रकार रहेका छन् :
पोखरा एभेन्जर्स – अमेरिकाका आन्द्रेस गौस, नेदरल्याण्ड्सका बास डि लिडे, इङ्ग्ल्याण्डका म्याट क्रिचली, वेस्ट इण्डिजका रेमन राइफर र स्कटल्याण्डका माइकल लिस्क
कर्णाली याक्स – पाकिस्तानका हुसेन तलात, हङकङका बाबर हायात, वेस्ट इण्डिजका चालडिक वाल्टन र भारतका शिखर धवन
सुदूरपश्चिम रोयल्स – स्कटल्याण्डका ब्रान्डन मक्मलेन, इङ्ग्ल्याण्डका सेफ जेब, न्युजिल्याण्डका स्कट कुगेलेइन र युएईका रोहन मुस्ताफा
लुम्बिनी लायन्स – इङ्ग्ल्याण्डका टोम मुर्स, अस्ट्रेलियाका बेन कटिङ, अमेरिकाका उन्मुक्त चन्द
काठमाडौं गुर्खाज – नेदरल्याण्ड्सका माइकल लेभिट, इङ्ग्ल्याण्डका सन एस्किनान्जी, नामिबियाका जेहार्ड एरास्मस र इङ्ग्ल्याण्डका ड्यान डौथेवेट
विराटनगर किंग्स – ओमानका अकिब इल्यास, क्यानडाका निकोलस किर्तन, स्कटल्याण्डका क्रिस सोल, न्युजिल्याण्डका मार्टीन गप्टिल र अफगानिस्तानका इस्मत आलम
जनकपुर बोल्ट्स – न्युजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुवा ट्रम्प, पाकिस्तानका मोहम्मद मोहसिन, अमेरिकाका लाहिरु मिलन्था र पाकिस्तानका सोयब मक्शुद
चितवन राइनोज – दक्षिण अफ्रिकाका मार्चन्ट डे लांग, इङ्ग्ल्याण्डका ल्यूक मार्टिन बेनकेन्स्टाइन, नामिबियाका जान लिफ्टी इटन र अफगानिस्तानका हसन इसाखिल
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]