default_image

3 weeks ago

November 18, 2024

काठमाडौं गुर्खाजको जर्सी सार्वजनिक, बिवाइडी मुख्य प्रायोजक

1236 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं गुर्खाजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लागि आइतवार आफ्नो जर्सी सार्वजनिक गरेको छ ।

काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौं गुर्खाजको ‘मार्की’ खेलाडी करण केसी, टोली प्रवर्द्धक एवं पूर्वमिस नेपाल शृंखला खतिवडा र गुर्खाजका क्रिकेट एम्बासडर एवं नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान इन्दु बर्माले जर्सी सार्वजनिक गरेका थिए ।

सोही अवसरमा काठमाडौं गुर्खाजको प्रमुख प्रायोजकमा बिवाडी मोटरलाई प्रस्तुत गरिएको थियो । बिवाइडी नेपालका प्रमुख अनिल श्रेष्ठ र यमुना श्रेष्ठलाई कार्यक्रममा काठमाडौं गुर्खाजका प्रवर्द्धकहरुले स्वागत गरेका थिए । एनपिएलमा काठमानडौं गुर्खाजले आफ्नो जर्सीमा बिवाईडीको लोगो लगाएर खेल्नेछ ।

करणले काठमाडौं गुर्खाजबाट मार्की खेलाडीका रूपमा नयाँ अध्याय सुरु गर्न आफु तयार रहेको बताए । उनले एनपिएल आयोजनाका लागि नेपाल क्रिकेट संघ (क्यान) र सचिव पारस खड्कालाई धन्यवाद दिए।

कप्तान इन्दु क्रिकेट एम्बेसडर

राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा काठमाडौं गुर्खाजको क्रिकेट एम्बेसडर नियुक्त भएकी छिन् । इन्दुले एनपिएल टोली काठमाडौंको अंग हुन पाएकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिइन् ।

‘एनपिएल फेस्टिभल अफ क्रिकेटको रुपमा रहने छ । एनपिएलले गरेर समग्र नेपाली क्रिकेट नै उत्साहित छौं,” इन्दुले सो अवसरमा भनिन् “अहिलेको स्थितिमा नेपाली महिला/ पुरुष क्रिकेटको‌ क्रेज बढेको छ । हामीलाई भविष्यमा महिलाको पनि फ्रान्चाइज लिग हुने पनि आशा छ।’

क्यानका सचिव पारस खड्काले एनपिएलमार्फत विश्व सामू नेपाली खेलाडी र प्रशिक्षकले आफ्नो क्षमता देखाउने अवसर आएको बताए । नेपाली क्रिकेटलाई विश्वसामू पुर्याउने क्यानको अभियानमा साथ दिने फ्रेन्चाइजीहरुलाई खड्काले धन्यवाद दिए ।

काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरका अध्यक्ष उपेन्द्र महतोले एनपिएलका कारण उत्साह बढेको जनाउँदै यसमा सहभागी हुन सबैलाई आह्वान गरे ।

काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरका प्रवर्द्धक कैलाश सिरोहिया एनपिएलको माहोल सोचे भन्दा उत्साहजनक पाएको बताए ।

टोलीका अर्को प्रवर्द्धक अरुण सरार्फले काठमाडौं गुर्खाजमार्फत एनपिएलले ठूलो फड्को मार्ने आशा लिएको बताए । सो अवसरमा टोलीका खेलाडीलाई काठमाडौंले औपचारिक रुपमा पहिलो पटक सार्वजनिक गरेको थियो।

काठमाडौं गुर्खाजले अक्सनबाट शाहव आलम, भीम सार्की, रसिद खान, शंकर राना, कृष्ण कार्की, दीपेश कँडेल, सुमित महर्जन, राजु रिजाल, विवेक केसी र प्रतीक श्रेष्ठलाई लिएको थियो।

विदेशी खेलाडीका रूपमा यसअघि नै नेदरल्यान्ड्सका ओपनर माइकल लेभिट, नामिबियाका कप्तान मर्वी जेर्राड इरसमस तथा इंग्लिस क्रिकेटरद्वय स्टेफन इस्किनाजी र ड्यान डौथवेटलाई अनुबन्ध गरिसकेको छ ।

ट्यालेन्ट हन्टबाट क्रिस कार्कीलाई आइकोनिक खेलाडीका रूपमा टोलीमा आबद्ध भइसकेका छन्। टोलीको मुख्य प्रशिक्षकमा वसन्त शाही ठकुरी छन्।
क्यानको आयोजनामा मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म ८ टोलीको सहभागितामा एनपिएल हुनेछ।

December 6, 2024

न्युजिल्यान्डविरुद्ध ह्यारी ब्रुकको अर्को शतक

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर ह्यारी ब्रुकको शतकसँगै दोस्रो टेस्ट खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्ध मजबुत प्रदर्शन गरेको छ । वेलिङ्गटनमा पहिलो दिनको समाप्तिमा न्युजिल्यान्ड ८६-५ को कमजोर अवस्थामा छ । न्युजिल्यान्ड पहिलो इनिङमा १९४ रनले पछाडि परेकोछ । केन विलियम्सन ३७, टम लाथम १७, डेभन कन्वे ११ र रचिन रविन्द्र ३ रनमा आउट भए । […]

December 6, 2024

जसले सेलेब्रेसन कै कारण नेपालको खेल गुमाए

भुपेन्द्र जि.सी. खेलकुदमा खेलाडीले सेलेब्रेसन खुसी मनाउन गर्दछन् । दुर्भाग्यपूर्ण कहिलेकाहीँ त्यो सेलेब्रेसन आफैंलाई घातक बन्नसक्छ । युएईमा जारी एसिसी यू-१९ एसिया कप २०२४ मा नेपाल र बंगलादेशबीचको खेलकोक्रममा त्यस्तै भयो । तर धेरै समर्थकको ध्यान नेपाल प्रिमियर लिग (एनपिएल) मा हुँदा त्यो घटनाले खासै चर्चा पाएन । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिवार १ सय […]

December 6, 2024

गौसको कीर्तिमानी शतकमा पोखराको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर आन्द्रेस गौसको कीर्तिमानी शतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा पोखरा एभेन्जर्सले पहिलो जित हासिल गरेको छ । तेस्रो खेलमा पहिलो जित हात पार्ने क्रममा पोखराले शुक्रवार लुम्बिनी लायन्समाथि १० विकेटको सानदार जित निकालेको हो । १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पोखराले १६.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो […]

Success

Thank you for your time.