3 weeks ago
November 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी मेन्स यू१९ एसिया कपको तयारीस्वरूप कर्नाटक यू१९ विरुद्ध अभ्यास सिरिजको चौथो खेलमा नेपाल ५ विकेटले पराजित भएको छ ।
नेपालले प्रस्तुत गरेको १ सय ६ रनको लक्ष्य कर्नाटकले ३७ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । कर्नाटकको जितसँगै सिरिज २-२ को बराबरीमा पुगेको छ । अन्तिम खेल विहीबार हुनेछ ।
मुलपानी क्रिकेट मैदानमा कमजोर सुरुवात गरेपनि कर्नाटकले मध्यक्रममा सानो साझेदारी गर्दै जित पक्का गर्यो । विपिन महतोले फ्याँकेको चौथो ओभरमा ओपनर प्रतिकलाई १० रनमा गुमाएको कर्नाटकले रन जोड्न संघर्ष गरेको थियो ।
१२ औं ओभरमा गगन राव ८ रन जोड्दै थर्ड म्यानमा क्याच आउट भए । त्यसपछि ऋषभ अपचु शून्य र आदेश ८ रनमा आउट हुँदा कर्नाटक ३४-४ को स्थितिमा पुगेको थियो । तर कप्तान रोहित र शिवले ४१ रनको साझेदारी गर्दै टोलीलाई उकासे ।
कप्तान रोहितले २८ औं ओभरमा विकेटकिपरबाट समातिनुअघि २० रन जोडे । उनले ३३ बलमा २ चौका प्रहार गरे । शिवले नटआउट २४ रन जोडे । अक्षथ प्रभाकरले ३० बलमा ४ चौकासहित २४ रन जोड्दै जित सहज बनाए ।
नेपालका लागि सन्तोष यादवले ३ विकेट लिँदा राजेश यादव र विपिन महतोले १-१ सफलता पाए ।
त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले ३५.१ ओभरमा अलआउट हुनुअघि १ सय ५ मात्र रन जोड्यो । नेपालका लागि ओपनर मयन यादवले ३४ र रोशन विकले नटआउट ३४ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो स्कोरमा रन जोड्न सकेनन् ।
रोशनले ४६ बलमा ६ चौका प्रहार गरेका थिए । रोशनले अन्त्यतिर संयमित ब्याटिङ गर्दा नेपालले १ सय रन पार गरेको थियो । नेपालको स्कोर ६६ रन हुँदा क्रिजमा आएका रोशनले त्यसपछि एक्लै रनको बागडोर सम्हालेका थिए ।
नेपालले सातौं ओभरमा आकाश त्रिपाठीलाई ७ रनमा गुमाएको थियो । इसा पुथिगेको बलमा बोल्ड हुँदा नेपालले ३५ रन जोडेको थियो । त्यसपछि खुलेर खेल्न नसकेको टोलीले १७ औं ओभरमा कार्यवाहक कप्तान अर्जुन कुमाललाई गुमायो । ५ रनमा खेलिरहँदा अर्जुन पुल खेल्ने धुनमा स्क्वायर लेग पछाडी क्याच आउट भए ।
लगत्तै २ ओभरपछि मयन आउट भएपछि नेपाल ५७-३ को स्थितिमा पुग्यो । मयनले ६१ बलको सामना गर्दै ४ चौका प्रहार गरे । त्यसपछि नेपालले लगातार अन्तरमा विकेट गुमायो । मध्यम गतिका बलर अक्षथ प्रभाकरले आफ्नो ८ ओभरको स्पेलमा ५ विकेट लिँदै नेपाललाई धराशायी पारे । बायाँ हाते स्पिनर प्रणव अश्वथले पनि ३ विकेट लिँदै कसिलो बलिङ गरे । उनले लगतार १० ओभर फ्याँक्ने क्रममा ५ मेडनसहित १० रन मात्र खर्चिए ।
मध्यक्रममा सन्तोष यादव ८ र नरेन भट्टले ३ रन जोड्दा उत्तम मगर, युनिश ठकुरी र युवराज खत्रीले खाता खोल्न सकेनन् । रोशनले एकतर्फबाट लगातार रन जोड्दा अन्यले विकेट जोगाउन सकेनन् । रञ्जित कुमारले १ रन जोड्दा विपिनले खाता खोल्न सकेनन् ।
अक्षथको ५ र प्रणवको ३ विकेट सँगै इसा र मलातेशले कर्नाटकका लागि १-१ विकेट लिए ।
सिरिजको अन्तिम खेल विहीबार हुनेछ ।
December 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर ह्यारी ब्रुकको शतकसँगै दोस्रो टेस्ट खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्ध मजबुत प्रदर्शन गरेको छ । वेलिङ्गटनमा पहिलो दिनको समाप्तिमा न्युजिल्यान्ड ८६-५ को कमजोर अवस्थामा छ । न्युजिल्यान्ड पहिलो इनिङमा १९४ रनले पछाडि परेकोछ । केन विलियम्सन ३७, टम लाथम १७, डेभन कन्वे ११ र रचिन रविन्द्र ३ रनमा आउट भए । […]
December 6, 2024
भुपेन्द्र जि.सी. खेलकुदमा खेलाडीले सेलेब्रेसन खुसी मनाउन गर्दछन् । दुर्भाग्यपूर्ण कहिलेकाहीँ त्यो सेलेब्रेसन आफैंलाई घातक बन्नसक्छ । युएईमा जारी एसिसी यू-१९ एसिया कप २०२४ मा नेपाल र बंगलादेशबीचको खेलकोक्रममा त्यस्तै भयो । तर धेरै समर्थकको ध्यान नेपाल प्रिमियर लिग (एनपिएल) मा हुँदा त्यो घटनाले खासै चर्चा पाएन । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिवार १ सय […]
December 6, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर आन्द्रेस गौसको कीर्तिमानी शतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा पोखरा एभेन्जर्सले पहिलो जित हासिल गरेको छ । तेस्रो खेलमा पहिलो जित हात पार्ने क्रममा पोखराले शुक्रवार लुम्बिनी लायन्समाथि १० विकेटको सानदार जित निकालेको हो । १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पोखराले १६.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो […]