1 year ago
November 25, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) टोली सुदूरपश्चिम रोयल्सका मेन्टर ब्राड हज काठमाडौं आइपुगेका छन् ।
अस्ट्रेलियाका विश्व कप विजेता टोलीका सदस्य हज सोमवार काठमाडौं आइपुगेका हुन् । उनलाई सुदूरपश्चिमका मालिक स्वतन्त्र प्रताप शाह लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
केही दिन धनगढीमा रहेर प्रशिक्षण गरेको सुदूरपश्चिमको टोली सोमवार काठमाडौं आइपुगेको छ । सुदूरपश्चिमको मार्की खेलाडी सुदूरपश्चिम प्रदेशकै दिपेन्द्र सिंह ऐरी रहेका छन् । सुदूरपश्चिमको मुख्य प्रशिक्षकमा जगत टमाटा हुन् ।
सुदूरपश्चिमले आफ्नो कोटाका ४ विदेशी खेलाडीलाई पनि अनुबन्ध गरिसकेको छ । ब्रान्डन मक्मलेन, सेफ अलि जेब, स्कट कुगेलेइन र रोहन मुस्तफालाई टोलीमा समावेश गरेको छ ।
त्यस्तै नेपाली खेलाडी आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठलाई अक्सन मार्फत टिममा भित्र्याएको थियो । अर्जुन र नरेन भने हाल यू १९ टोलीमा रहेर एसिया कपको तयारीमा छन् ।
नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा मंसिर १५ देखि पुस ६ गतेसम्म लिगको पहिलो संस्करण हुदैछ । मंसिर १८ गते विराटनगर किङ्ससँग खेल्दै सुदूरपश्चिमले लिगको सुरुवात गर्नेछ ।
सुदूरपश्चिम रोयल्सको खेलतालिका
मंसिर १८ गते विराटनगर किङ्सविरुद्ध बिहान ९ः१५ बजे
मंसिर २० गते काठमाडौं गुर्खाजविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर २२ गते लुम्बिनी लायन्सविरुद्ध बिहान ९ः१५ बजे
मंसिर २३ गते चितवन राइनोजविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर २६ गते जनकपुर बोल्ट्सविरुद्ध बिहान ९ः१५ बजे
मंसिर ३० गते पोखरा एभेन्जर्सविरुद्ध दिउँसो १ः१५ बजे
पुस १ गते कर्णाली याक्सविरुद्ध बिहान ९ः१५ बजे
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]